हाम्रो पार्टी सानो भएर हेप्ने काम भएको छ, ठूलो बनाएर मुखभरिको जवाफ दिन्छौंः माधव नेपाल

२०८१ फाल्गुन ९ गते, शुक्रबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सानो भयो भनेर हेप्ने काम भएको गुनासो गरेका छन् ।

आजबाट सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले ठूला दलले आफ्नो पार्टीलाई हेप्ने काम भएको गुनासो गरेका हुन् । उनले सानो पार्टी भयो भन्दै हेप्नेलाई आगामी चुनावमा ठूलो दल बनेर मुखभरीको जवाफ दिनुपर्ने बताएका छन् ।

‘हाम्रो पार्टी सानो छ भन्ने निराशावादी सोचबाट मुक्त भएर, अनि यो पार्टी चल्छ भन्ने खालका निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जबाफ दिएर काम, गतिविधि र व्यवहारबाट चलेर देखाउँछौं, विगतमा पनि चलेर देखाएका थियौं, क्रान्ति र आन्दोलन गर्न सक्दैनन् भनेर पार्टीभित्रै पनि निराशावादी कुरा गर्नेहरू थिए, तिनीहरूलाई चोटिलो प्रहार गरेर नयाँ युगको सुरूवात गरेका थियौं, त्यसैले हामी सक्छौं,’ अध्यक्ष नेपालले भने।

अध्यक्ष नेपालले वर्तमान सरकारले विकास र सुशासन दिन नसकेको र सना दललाई फुटाउने र नामेट गर्ने प्रयास भएको बताएका छन् । उनले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच भन्दा भिन्न छैन । स(साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रण गरेर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’

वर्तमान सरकारलाई देशको समस्याप्रति कुनै वास्ता नरहेको, जनताको समस्याप्रति कुनै चासो नरहेको र देश विकासप्रति कुनै गम्भीरता नरहेको उनको दाबी छ । देशभित्र भेदभाव, छुवाछुतको घटना बढिरहेको, बलात्कारको घटना बढिरहेको भन्दै अध्यक्ष नेपालले सरकारले यस्ता प्रकृतिको अपराध नियन्त्रण गर्न नसकेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको बारेमा कुप्रचार गरिएको भन्दै आपत्ति जनाए । एकीकृत समाजवादी एमालेमा मिल्दैछ, माओवादीतिर जाँदैछ भन्ने कुप्रचार गरिएको भन्दै अध्यक्ष नेपालले भ्रममा नपर्न आग्रह गरे ।

‘हाम्रो पार्टीको बारेमा अनेकथरीका कुराहरु प्रचारमा आउने गरेको छ । कसैले एमालेसँग मिल्नेभयो भनेका छन्, कसैले माओवादीसँग मिल्न जाने भयो भनेर अनेक किसिमका कुप्रचारहरु भइरहेका छन् । यस्ता कुनै पनि कुप्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन । हामी आफ्नो पार्टीलाई बलियो र प्रभावकारी बनाउन चाहन्छौं,’– उनले भने ।

142 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal