हाम्रो पार्टी सानो भएर हेप्ने काम भएको छ, ठूलो बनाएर मुखभरिको जवाफ दिन्छौंः माधव नेपाल

२०८१ फाल्गुन ९ गते, शुक्रबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सानो भयो भनेर हेप्ने काम भएको गुनासो गरेका छन् ।

आजबाट सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले ठूला दलले आफ्नो पार्टीलाई हेप्ने काम भएको गुनासो गरेका हुन् । उनले सानो पार्टी भयो भन्दै हेप्नेलाई आगामी चुनावमा ठूलो दल बनेर मुखभरीको जवाफ दिनुपर्ने बताएका छन् ।

‘हाम्रो पार्टी सानो छ भन्ने निराशावादी सोचबाट मुक्त भएर, अनि यो पार्टी चल्छ भन्ने खालका निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जबाफ दिएर काम, गतिविधि र व्यवहारबाट चलेर देखाउँछौं, विगतमा पनि चलेर देखाएका थियौं, क्रान्ति र आन्दोलन गर्न सक्दैनन् भनेर पार्टीभित्रै पनि निराशावादी कुरा गर्नेहरू थिए, तिनीहरूलाई चोटिलो प्रहार गरेर नयाँ युगको सुरूवात गरेका थियौं, त्यसैले हामी सक्छौं,’ अध्यक्ष नेपालले भने।

अध्यक्ष नेपालले वर्तमान सरकारले विकास र सुशासन दिन नसकेको र सना दललाई फुटाउने र नामेट गर्ने प्रयास भएको बताएका छन् । उनले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच भन्दा भिन्न छैन । स(साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रण गरेर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’

वर्तमान सरकारलाई देशको समस्याप्रति कुनै वास्ता नरहेको, जनताको समस्याप्रति कुनै चासो नरहेको र देश विकासप्रति कुनै गम्भीरता नरहेको उनको दाबी छ । देशभित्र भेदभाव, छुवाछुतको घटना बढिरहेको, बलात्कारको घटना बढिरहेको भन्दै अध्यक्ष नेपालले सरकारले यस्ता प्रकृतिको अपराध नियन्त्रण गर्न नसकेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको बारेमा कुप्रचार गरिएको भन्दै आपत्ति जनाए । एकीकृत समाजवादी एमालेमा मिल्दैछ, माओवादीतिर जाँदैछ भन्ने कुप्रचार गरिएको भन्दै अध्यक्ष नेपालले भ्रममा नपर्न आग्रह गरे ।

‘हाम्रो पार्टीको बारेमा अनेकथरीका कुराहरु प्रचारमा आउने गरेको छ । कसैले एमालेसँग मिल्नेभयो भनेका छन्, कसैले माओवादीसँग मिल्न जाने भयो भनेर अनेक किसिमका कुप्रचारहरु भइरहेका छन् । यस्ता कुनै पनि कुप्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन । हामी आफ्नो पार्टीलाई बलियो र प्रभावकारी बनाउन चाहन्छौं,’– उनले भने ।

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal