उपेन्द्र पदको लागि नर्कै जान्छन्ः जसपा नेता श्रेष्ठ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चरित्र पदको लागि नर्कै जाने रहेको बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गदै नेता श्रेष्ठले सरकारले ल्याएको अध्यादेशलाई लिएर उपेन्द्रले बार्गेनिङ गरिङ गरिरहेको बताएका हुन् । उपेन्द्रले पद पाए अध्यादेश ठीक, पद नपाए बेठीक भनिरहेको उनले बताए ।
‘कतिपयको लागि यो बल्छी थाप्ने कुरा, हरेक कुरा, कुनै पद पाए अध्यादेश ठीक हुने, पद नपाए अध्यादेश बेठीक हुने, आफूले भनेको पदको लागि बार्गेनिङ गर्ने, धमिलो पानीमा माछा मार्ने काम यो सवालमा हुन हुँदैन । त्यसो गरियो भने इतिहासमै बदनाम हुन्छ । यो पद पाए म अध्यादेश समर्थन गर्छु, यो पद नपाए गर्दिनँ भन्ने हो भने त पद पाए त नर्कै जाने भयो नि त,’– उनले भने ।
नेता श्रेष्ठले जसपाले अध्यादेश स्वीकृत गराउन सहयोग गर्ने बताए । अध्यादेशमा आफूहरुको पनि केही विमति रहेको र ती विमतिहरु प्रतिस्थापन विधेयक आउँदा छलफलमा ल्याइने बताए । ‘प्रतिस्थापन विधेयकमा हाम्रो पार्टीले आफ्नो धारणाहरु प्रष्ट पार्ने छ, त्यसमा सम्बन्धित कुराहरु राख्ने छ । प्रतिस्थापन विधेयक आउने बखत चाहिँ छलफल गर्ने, अहिलेलाई चाहीँ पास गर्ने,’– उनले भने ।
साथै, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुनै हात नरहेको पनि उनले प्रष्ट पारे । ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यो पार्टी विभाजनमा गोरू बेचेको साइनो पनि छैन,’– उनले भने ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





