उपेन्द्र पदको लागि नर्कै जान्छन्ः जसपा नेता श्रेष्ठ

२०८१ माघ २७ गते, आईतवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चरित्र पदको लागि नर्कै जाने रहेको बताएका छन् ।

आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गदै नेता श्रेष्ठले सरकारले ल्याएको अध्यादेशलाई लिएर उपेन्द्रले बार्गेनिङ गरिङ गरिरहेको बताएका हुन् । उपेन्द्रले पद पाए अध्यादेश ठीक, पद नपाए बेठीक भनिरहेको उनले बताए ।

‘कतिपयको लागि यो बल्छी थाप्ने कुरा, हरेक कुरा, कुनै पद पाए अध्यादेश ठीक हुने, पद नपाए अध्यादेश बेठीक हुने, आफूले भनेको पदको लागि बार्गेनिङ गर्ने, धमिलो पानीमा माछा मार्ने काम यो सवालमा हुन हुँदैन । त्यसो गरियो भने इतिहासमै बदनाम हुन्छ । यो पद पाए म अध्यादेश समर्थन गर्छु, यो पद नपाए गर्दिनँ भन्ने हो भने त पद पाए त नर्कै जाने भयो नि त,’– उनले भने ।

नेता श्रेष्ठले जसपाले अध्यादेश स्वीकृत गराउन सहयोग गर्ने बताए । अध्यादेशमा आफूहरुको पनि केही विमति रहेको र ती विमतिहरु प्रतिस्थापन विधेयक आउँदा छलफलमा ल्याइने बताए । ‘प्रतिस्थापन विधेयकमा हाम्रो पार्टीले आफ्नो धारणाहरु प्रष्ट पार्ने छ, त्यसमा सम्बन्धित कुराहरु राख्ने छ । प्रतिस्थापन विधेयक आउने बखत चाहिँ छलफल गर्ने, अहिलेलाई चाहीँ पास गर्ने,’– उनले भने ।

साथै, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुनै हात नरहेको पनि उनले प्रष्ट पारे । ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यो पार्टी विभाजनमा गोरू बेचेको साइनो पनि छैन,’– उनले भने ।

106 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal