एनपिएलमा कर्णाली याक्सको पहिलो जित
काठमाडौं । जारी नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले पहिलो जित निकालेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा शुक्रबार टियू मैदानमा कर्णालीले चिवतन राइनोजलाई ६ विकेटले हरायो।
कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजसँग पराजित भएको थियो। यता, चिवतनको भने पहिलो हार हो। यसअघिका दुई खेलमा उसले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो।
१३१ रनको सामान्य लक्ष्य कर्णालीले १ बल बाँकी छँदा ४ विकेट गुमाउँदै भेट्टायो। उसका लागि शिखर धवन र चाटविक वाल्टनले महत्वपूर्ण इनिङ खेले। धवनले सर्वाधिक ४५ रन बनाए। उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
धवनले पहिलो विकेटका लागि देव खनालसँग ५३ रनको साझेदारी गर्दै कर्णालीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। यो जारी प्रतियोगिताको पहिलो विकेटका लागि भएको ठूलो साझेदारी हो। खनाल ३४ बलमा २५ रन बनाएर आउट भए।
त्यसपछि धवनले दोस्रो विकेटका लागि वाल्टनसँग ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। वाल्टनले १९ बलमा ३ छक्का मद्दतमा ३० रन बनाए भने जिशन मक्सुदले १२ र अर्जुन घर्तीले ११ रनको योगदान दिए।
बलिङमा चितवनका कुशल मल्ल, जान निकाले लोफ्टी इटन र रवि बोपराले समान १ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको चिवनले ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो। उसका लागि रवि बोपरा र कुशल मल्लले मात्र राम्रो ब्याटिङ गरे। यी दुई तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।
बोपराले ४० बलमा ७ चौका र १ छक्का मद्दतमा ५९ रन बनाउँदा कुशलले २७ बलमा २ चौका र १ छक्का मद्दतमा २५ रन बनाए। विपिन रावलले ११ रन बनाउनु बाहेक अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





