एनपिएलमा कर्णाली याक्सको पहिलो जित

२०८१ मंसिर २१ गते, शुक्रबार

काठमाडौं । जारी नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले पहिलो जित निकालेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा शुक्रबार टियू मैदानमा कर्णालीले चिवतन राइनोजलाई ६ विकेटले हरायो।

कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजसँग पराजित भएको थियो। यता, चिवतनको भने पहिलो हार हो। यसअघिका दुई खेलमा उसले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो।

१३१ रनको सामान्य लक्ष्य कर्णालीले १ बल बाँकी छँदा ४ विकेट गुमाउँदै भेट्टायो। उसका लागि शिखर धवन र चाटविक वाल्टनले महत्वपूर्ण इनिङ खेले। धवनले सर्वाधिक ४५ रन बनाए। उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

धवनले पहिलो विकेटका लागि देव खनालसँग ५३ रनको साझेदारी गर्दै कर्णालीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। यो जारी प्रतियोगिताको पहिलो विकेटका लागि भएको ठूलो साझेदारी हो। खनाल ३४ बलमा २५ रन बनाएर आउट भए।

त्यसपछि धवनले दोस्रो विकेटका लागि वाल्टनसँग ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। वाल्टनले १९ बलमा ३ छक्का मद्दतमा ३० रन बनाए भने जिशन मक्सुदले १२ र अर्जुन घर्तीले ११ रनको योगदान दिए।

बलिङमा चितवनका कुशल मल्ल, जान निकाले लोफ्टी इटन र रवि बोपराले समान १ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको चिवनले ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो। उसका लागि रवि बोपरा र कुशल मल्लले मात्र राम्रो ब्याटिङ गरे। यी दुई तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।

बोपराले ४० बलमा ७ चौका र १ छक्का मद्दतमा ५९ रन बनाउँदा कुशलले २७ बलमा २ चौका र १ छक्का मद्दतमा २५ रन बनाए। विपिन रावलले ११ रन बनाउनु बाहेक अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

139 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal