ब्रेन ट्युमर बालिकालाई बिकी लामा र सन्देव तामाङको टिमले ग¥र्यो आर्थिक सहयोग

२०८१ मंसिर २ गते, आईतवार

करण तामाङ
काठमाडौ । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित फपरखेल नुवाकोटी ६ वर्षकी ब्रेन ट्युमर बिरामी पासाङ माया तामाङलाई स्वस्थ्य लाभको कामना सहित राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोट र माङसाम युवा बचत कोषले नगद रु ८०,००० सहयोग प्रदान गरेको छ ।

विगत लामो समय देखि परेको बिरामी बालिकाको स्वस्थ्य उपचारमा आर्थिक सहयोग अपिल भए अनुसार दुप्चेश्वरकै समाजसेवी कलाकार साथै राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटका अध्यक्ष बिकी लामा लो र समाजसेवी सन्देव तामाङको पहल र नेतृत्वमा गत हप्ता आर्थिक सहयोग प्रदान गरेको हो । उपचारको लागि धेरै खर्च भैरहेको र आर्थिक अवस्था बलियो नभएको कारण उपचारमा समस्या आउन सक्ने भन्दै समस्या नहोस भन्नका लागि आर्थिक सहयोग गरेको सन्देव तामाङ र बिकि लामा लोले बताएका छन् । बिरामीकै घरमा पुगेर सो रकम माङसाम युवा बचत कोष र राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको टिमले हस्तान्तरण गरेको थियोे ।

सामाजिक परिवर्तन, विकास र सुख दुस्खको सारथीका लागि पनि माङसाम युवा बचत कोष निर्माण भएको उक्त टिमले बताएको छ । र, राष्ट्रिय संगीतकर्मी संघ पनि निरन्तर सामाजिक सेवा र साँस्कृतिक पक्षमा योगदान प्रदान गर्दै आएको संस्था हो । अप्ठ्यारोमा परेको बेला यसरी हातेमालो गरेकोमा दुवै संस्थाको टिम र सबैलाई बिकी लामा लोले धन्यवाद व्यक्त गरेका छन् ।

143 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal