बबिनाले कस्लाई देख्छिन् सपनीमा …. (भिडियो सहित)
काठमाडौ । उनी नै जीवन हुन् अनि जीवन भन्नु नै उनी हुन्, सपनीमा पनि उनी छिन्, विपनीमा पनि उनी छिन् । उनी छिन् र त जीवन जीवन जस्तो बनेको छ । उनी छिन् र त जीवनले गति लिएको छ, लय लिएको छ, पलपल, हरपल जीवनमा खुसी छाएको छ । साच्ची कति प्यारी उनी, कति मायालु उनी, पलभर छोड्दैन उनको यादले, सम्झनाले । जति बेला पनि उनी, जे गर्दा पनि उनी, जसो गर्दा पनि उनी नै उनी । जीवन भरि उनी, खुसी भरि उनी, खुसीमा नि उनी, दुःख, सुखका सबै भावमा उनी नै उनी । जीवनका रङहरुमा पानीमा चिनी झैं घुलमिल छिन् उनी । यस्तो लाग्छ उनी विना नि जीवन चल्छ र रु उनी विना नि स्वासप्रस्वास चल्छ र रु उनी भए जीवन यसै रमाइलो उसै रमाइलो, उनी भए जीवन यसै घमाइलो ‘उनी भए जता पनि जे गरे नि रमाइलो नै रमाइलो ।
जीवन भन्नु नै उनको याद, उनको सम्झना, उनकै कल्पना अनि उनकै माया त रै छ नि, पलपल उनको यादमा विताउन, उनकै कल्पनामा हराउनु, अनि आफ्नै मन संग उनी सम्झेर कुरा गरेर विताउनु, उनको याद संगै सुरु भएको विहानी उनको याद संगै सकाउनु, निन्द्रा देविको काखमा नपुग्दा सम्म उनकै यादको काखमा लुटपुटिनु अनि सपनीमा पनि उनलाई नै देख्नु, हर पङ्तिहरुमा उनीलाई नै लेख्नु, उनकै गुण्गान गाउनु, उनकै भावहरु उतार्नु, मनको हरेक प्रहरमा, झझल्कोमा नयनहरुमा उनीलाई नै भेट्नु अनि उनी नै त थिइन् जिन्दगीको निष्पष्ट अध्याँरोमा जुनकिरी बनेर आउने, अध्याँरो जीवनमामा ज्योति छर्ने, मनका हर दुःख, पिडा, विरह र वेदना हर्ने, खुसी र उमंगको विउ छर्ने ।।यस्ती प्रिय उनी नै जिन्दगीको चौतारीमा मन विसाउने सहारा हुन् भन्ने मनले ठम्याउँछ अनि त मन विसाउने सहारा उनीलाई रोज्न मन मन लाग्छ ।
कवि एवं साहित्यकार रामबाबु दाहालको शब्द रचना रहेको यस्तै प्रेमिल भावको गीत ‘सपनीमा’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित पहिलो नेपाली ‘चारु’ गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ ।बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो मा बबिना आफै फिचर्ड छिन् । गीतको एरेन्ज संजिव बराइलीले गरेका छन्, गीतमा सारङ्गीको धुन पनि उनैले भरेका छन् भने तवला भुवन गन्धर्वले बजाएका छन् । म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्ड, मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो ।
वरिष्ठ गीतकार कालीप्रसाद रिजालको निवासमा एक संक्षिप्त समारोह विच सम्पन्न ‘सपनीमा’ प्रेमिल गीत सार्वजनिकरण समारोहमा प्रतिनीधिसभा सदस्य डा। रेखा यादव निर्झरले गीतकार रामबाबु दाहाललाई सम्मान गरेकी थिइन् । समारोहमा गायिका तथा संगीतकार बबिना भट्टराई, शोभा खनाल, बलराम महतो, संचारकर्मीहरु दीपा दाहाल, प्राची राय खनाल र आयुष दाहालको विशेष उपस्थिति रहेको थियो । समारोहमा बोल्दै कालीप्रसाद रिजालले भने ‘शब्द रचनामा जुन शक्ति सामथ्र्य हुन्छ स्वरले त्यसलाई मीठास र लालित्यले परिपूर्ण बनाउँछ । प्रस्तुत गीतमा त्यो भाव रहेको सहज अनुभुत हुन्छ । प्रेमिल भावको जीवन जगतको संवेगलाई ‘तिमी’ शब्दमा प्रतिकात्मक संज्ञामा रचित गीत सवै उमेर समुहकालाई कर्णप्रिय रहेको छ ।’
त्यसै गरि कवि, गीतकार तथा गजलकार ऋषि बस्ताकोटीले ‘सपनीमा’ बोलको प्रेमिल गीतका लागि गायिका तथा संगीतकार बबिना भट्टराई र गीतकार रामबाबु दाहाललाई हार्दिक बधाई तथा गीतको सफलताको लागि शुभकामना दिएका छन् । आँफूले गीतकार र श्रोताको हिसावले भन्नु पर्दा बबिना भट्टराई साधनामा तल्लिन, शब्द चयनमा ध्यान दिने, गायनमा शब्द र भावमा डुवेर गाउन सक्न खुवी भएकी गायिका र संगीतकार भएकी र ‘सपनीमा’ बोलको गीत श्रुति मीठासपूर्ण, प्रेमिल र चम्किन लायक गीत बनेको इमेज एफ।एम। ९७।९ मार्फत गीतको श्रव्य सार्वजनिकरणका क्रममा बताए ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी‘।’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।
गीत
सपनीमा पनि तिमीलाई देखुँ कि
पङ्तिहरुमा पनि तिमीलाई लेखु कि
मनका हरेक प्रहरमा, झझल्कोमा
यी नयनमा तिमीलाई भेटुँ कि ‘
तिमी जून, तारा, जुनकिरी बन्यौ
अध्याँरो जीवनमामा ज्योति छर्यौ
मिर्मिरेमा लाली छर्ने
उज्यालो किरणमा तिमीलाई खोजु कि‘
पलपल, हरपल यो जीवनमा तिमी
हाँसो, खुसी, सुख दुःखमा तिमी
जिन्दगीको चौतारीमा
मन विसाउने साहारा तिमीलाई रोजु कि‘
सपनीमा पनि तिमीलाई देखुँ कि
पङ्तिहरुमा पनि तिमीलाई लेखु कि
मनका हरेक प्रहरमा झझल्कोमा
यी नयनमा तिमीलाई भेटुँ कि ‘
ताजा
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





