कुनै पनि हालतमा उद्योगीसँग बक्यौता उठाएरै छाड्छुः कुलमान

२०८१ कार्तिक २८ गते, बुधबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले उपभोग गरेको बिजुलीको रकम कानुनअनुसार कुनै पनि हालतमा उठाएरै छाड्ने दाबी गरेका छन् ।

बुधबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले बक्यौता उठाउने कुराबाट आफू पछि नहट्ने र उच्च मनोबलसहित लाग्ने बताए।

‘उद्योगीले उपभोग गरेको बिजुलीको रकम कानुनअनुसार कुनै पनि हालतमा उठाउनेछु। विचलित हुनेछैन। उच्च मनोबलसाथ लाग्नेछु,’ उनले भने। नेपालको संविधान, ऐन, कानुनमा रहेर आफूले काम गरेको दाबी गर्दै उनले भने, ‘कुलमानले दुःख दिने काम गर्छ भन्नु गलत हो। नेपालको संविधान, ऐन, कानुनमा रहेर काम गरेको छु। त्यसो देश र संस्थाको हितका लागि हो।’
संस्थाको राजस्व उठाउन खोज्दला नाजायज रकम उठाउने प्रयास भएको भन्दै आफूमाथि भन्नु गलत रहेको उनको भनाइ थियो।
‘हामीले उद्योगीले देशको अर्थतन्त्रमा गरेको योगदानको उच्च प्रशंसा गरेका छौँ। ममाथिका आरोपको खण्डन गर्दै देश र संथाको हित र राजस्व उठाउनेबाहेक मेरो अन्य राजनीतिक स्वार्थ छैन। संथामा रहेर राजनीति गर्नु र नाजायज फाइदा लिने कुनै उद्देश्य छैन।

130 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal