१० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा

२०८१ आश्विन २२ गते, मंगलवार

काठमाडौं । बाढीपहिरोले १० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका ८ बागमती नदीमा पुलको केही भाग र सडक बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो।

पुल र सडक मर्मतसँगै गएराति १ बजेदेखि सडक सञ्चालनमा ल्याइएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए। बाढीले बागमती पुलको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएको थियो। बगाएको भागमा ‘डाइभर्सन’ निर्माण गरी सवारीका साधन सञ्चालनमा आएका हुन्।

अहिले कान्तिलोकपथ हुँदै सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्याम अर्यालले जानकारी दिए। हेटौँडा–काठमाडौं आवतजावत गर्ने छोटा दुरीका वैकल्पिक सडकमार्ग बाढीपहिरोले क्षतविक्षत बनाएपछि पूर्वदेखिका यात्रु त्रिभुवन राजपथ हुँदै काठमाडौं आवातजावत गरिरहेका थिए।

अहिले हेटौँडा(काठमाडौं जोड्ने छोटो दुरीका भीमफेदी(कुलेखानी–फाखेल, भीमफेदी(कुलेखानी(सिस्नेरी र कान्तिलोकपथ सडक सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

17 Views

ताजा

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने

२०८१ माघ २८ गते, सोमबार

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने

२०८१ माघ २८ गते, सोमबार

बालेनलाई प्रभु साहले लगाए गुण्डागर्दीको आरोप

२०८१ माघ २७ गते, आईतवार

मन्त्री बन्ने तरखरमा छैनौँः उपेन्द्र यादव

२०८१ माघ २७ गते, आईतवार

प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत

२०८१ माघ २७ गते, आईतवार

नेसपाको प्रथम महाधिवेशन सुरु, ठूला राजनीतिक दललाई बहिष्कार

२०८१ माघ २७ गते, आईतवार

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने

२०८१ माघ २७ गते, आईतवार

जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

२०८१ माघ २७ गते, आईतवार

इमेज सहकारीका अध्यक्ष नेपालीले फिर्ता गरे बचतकर्ताको एक करोड

२०८१ माघ २७ गते, आईतवार

उपेन्द्र पदको लागि नर्कै जान्छन्ः जसपा नेता श्रेष्ठ

२०८१ माघ २७ गते, आईतवार

अब रारामा पर्यटक प्रहरी

२०८१ माघ २७ गते, आईतवार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal