१० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा

२०८१ आश्विन २२ गते, मंगलवार

काठमाडौं । बाढीपहिरोले १० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका ८ बागमती नदीमा पुलको केही भाग र सडक बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो।

पुल र सडक मर्मतसँगै गएराति १ बजेदेखि सडक सञ्चालनमा ल्याइएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए। बाढीले बागमती पुलको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएको थियो। बगाएको भागमा ‘डाइभर्सन’ निर्माण गरी सवारीका साधन सञ्चालनमा आएका हुन्।

अहिले कान्तिलोकपथ हुँदै सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्याम अर्यालले जानकारी दिए। हेटौँडा–काठमाडौं आवतजावत गर्ने छोटा दुरीका वैकल्पिक सडकमार्ग बाढीपहिरोले क्षतविक्षत बनाएपछि पूर्वदेखिका यात्रु त्रिभुवन राजपथ हुँदै काठमाडौं आवातजावत गरिरहेका थिए।

अहिले हेटौँडा(काठमाडौं जोड्ने छोटो दुरीका भीमफेदी(कुलेखानी–फाखेल, भीमफेदी(कुलेखानी(सिस्नेरी र कान्तिलोकपथ सडक सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

138 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal