मोदी सरकारविरुद्ध किसानले गरे भारतभर बन्दको घोषणा

२०७७ मंसिर २० गते, शनिबार

नयाँ दिल्ली । भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन्। आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन्।
किसानहरुका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् भारत बन्दको आह्वान गरिएको जानकारी दिए।
आफ्ना मागहरु पुरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरी बन्द गराइने उनले बताए।
कृषिसम्बन्धी नयाँ कानुनहरुप्रति असन्तुष्टि जनाउदै भारतमा केही समयदेखि किसानहरु देशव्यापी आन्दोलनरत छन्।
‘हाम्रो बैठकले आफ्ना मागहरु पुरा गर्न सरकारलाई दवाव दिनका लागि यही डिसेम्बर ८ तारिखका दिन भारत बन्दको आह्वान गर्ने निर्णय गरेको छ’ अर्का किसान नेता हर्भिन्डर सिंह लख्वाले भने।
हालै ल्याइएका कृषिसम्वन्धी कानुनहरु रद्ध नगरिएमा देशव्यापी बन्द अन्तर्गत सबै सडकहरुमा अवरोध गरिने बताइएको।
सरकारले ल्याएको कानुन लागु भएपछि किसानहरु थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मुल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको रहेको छ।
केही महिना अगाडि नै पारित भएको कानुनप्रति किसानहरुले त्यतिबेला देखि नै असन्तुष्टि जनाउदै आएपनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै शुरु भएको हो।
अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।
नयाँ कानुनका कारण आफूहरु आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य हुने किसानहरुको भनाइ छ।
कानुनले कृषि उत्पादन खरिद गर्ने कर्पोरेट संस्थाहरुलाई बलियो बनाउने र किसानले आफ्नो अन्नको भाउ नपाउने उनीहरु बताउँछन्।
नयाँ कानुनअनुसार सरकारले किसानलाई आफ्ना उत्पादन कर्पोरेट खरिदकर्ता लगायत जसलाई बेच्न सक्ने स्वतन्त्रता प्रदान गरेको छ। यसअघि किसानले होलसेल बजारमा आफ्नो उत्पादन बेच्थे जहाँ मूल्य तोकिएको हुन्थ्यो।
यस कानुनले कर्पोरेट संस्थाका कारण आफूहरु मारमा पर्ने साना खेतीपातीमा लागेका किसानहरु बताउँछन्। उनीहरुले तोकिएको मूल्य पनि पाउन नसकिने त्रास रहेको बताइरहेका छन्।
तर सरकारले भने त्यस्तो नहुने बताइरहेको छ। आन्दोलन चर्किदै गएपछि सरकारले किसानहरुसँग पटक पटक वार्ता पनि गरेको छ। तर वार्ता परिणममुखी हुन सकेको छैन। रासस

244 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal