यी हुन् थाइल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री

२०८१ श्रावण ३२ गते, शुक्रबार

काठमाडौं । थाइल्यान्डको संसदले देशका पूर्व प्रधानमन्त्री तथा अरबपति व्यापारी थाक्सिन सिनावात्राकी छोरी पेटोङटार्न सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा छनोट गरेको छ।

३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी उनी देशको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् । उनी आफ्नी फुपु यिङलकपछि यस पदमा नियुक्त हुने दोस्रो महिला बन्नेछिन्।

उनको चयन पूर्व प्रधानमन्त्री स्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि भएको हो। बर्खास्त भएका र नवनियुक्त प्रधानमन्त्री दुवै फेउ थाई पार्टीका हुन्, जसले सन् २०२३ को चुनावमा दोस्रो स्थान प्राप्त गरेर सत्तारूढ गठबन्धन बनाएको थियो।

पेटोङटार्नलाई थाइल्यान्डको अवरुद्ध अर्थतन्त्रलाई पुनर्जीवित गर्ने चिनौती छ । यसका साथै उनलाई सैन्य कू र अदालतको हस्तक्षेपबाट बच्ने चुनौती पनि छ जसले उनको पार्टीको नेतृत्वमा गठन भएका यसअघिका चारवटा प्रशासनहरूलाई बर्खास्त गरेको छ ।

शुक्रबार उनको पक्षमा ३१९ मत र उनको विरोधमा १४५ मत परेको थियो । पेटोङटार्न विगत दुई दशकमा प्रधानमन्त्री बन्ने सिनावात्रा कुलकी चौथो सदस्य हुन्। उनका बुबा थाक्सिन र फुपु यिङलकसहित अन्य तिनलाई सैन्य कू वा संवैधानिक अदालतको फैसलाद्वारा पदच्युत गरिएको थियो।

सोही अदालतले बुधबार अघिल्ला प्रधानमन्त्री थाभिसिनलाई आफ्नो मन्त्रीमण्डलमा एक पटक जेलमा परेका पूर्व वकिल नियुक्त गरेकोमा बर्खास्त गरेको थियो। प्रधानमन्त्रीको उम्मेदवार बनेपछि पेटोङटार्नले बिहीबार फेउ थाईको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै श्रीथाको कामको प्रशंसा गरिन् र उनलाई बर्खास्त गरिनु दुर्भाग्यपूर्ण भएको बताइन् ।

थाइल्यान्डका कुलीन विद्यालयहरू र बेलायतको विश्वविद्यालयमा शिक्षित उनले सिनावात्रा परिवारको रेन्डे होटल समूहमा काम गर्दै केही वर्ष बिताएकी थिइन् जहाँ उनका श्रीमान् लगानी अधिकारीका रूपमा कार्यरत थिए। उनी सन् २०२१ मा फेउ थाईमा सामेल भइन् र अक्टोबर २०२३ मा पार्टीको नेता नियुक्त भइन्।

नवनियुक्त प्रधानमन्त्रीका पिता थाक्सिन पहिलो पटक सन् २००१ मा प्रधानमन्त्री बनेका थिए, तर सन् २००६ मा सैन्य कूद्वारा उनको सरकार अपदस्थ भएपछि उनको दोस्रो कार्यकाल अचानक समाप्त भयो। त्यसपछि देश छोडेका थाक्सिन श्रीथा प्रधानमन्त्री निर्वाचित हुनुभन्दा केही घन्टाअघि गत अक्टोबरमा १५ वर्षको निर्वासनपछि थाइल्यान्ड फर्केका थिए।

133 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal