गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।।
अर्थात गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्मा, यस्ता गुरुलाई म हार्दिक नमस्कार गर्दछु ।
संसारमा गुरु शब्दलाई ओजस्वी शब्दको रूपमा लिइन्छ । गुरु महिमाको वर्णन गर्न कुनै पनि भाषाका शब्दहरू अपूरा र अधुरा छन्, त्यो खालको महत्व रहेको छ हाम्रो समाजमा गुरुको । अन्य शब्दको तुलनामा गुरु शब्द उच्चारण गर्दा परमानन्दको अनुभूति हुन्छ । दुःख, कष्ट, समस्याले सताउँदा त्यसबाट निवृत्ति हुन विभिन्न उपाय गर्दा पनि भएन भने अन्तिम समाधानको स्रोतको रूपमा गुरुलाई सम्झने गरिन्छ । कुनै पनि समस्या तथा जड् रहस्यलाई निवारण गर्नसक्ने क्षमता योग्य सद्गुरुसँग हुने विश्वास गरिन्छ ।
हामी जुनसुकै दर्शन, धर्म सम्प्रदाय वा मूल्य मान्यतामा विश्वास राख्ने भए पनि ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरुतत्वको महत्व हुन्छ । यो ब्रह्माण्डमा सायद ज्ञान मात्रै यस्तो वस्तु हो, जसलाई जति बाँड्यो त्यति नै बढ्छ । साना नानी बाबुहरूको हातमा कलम समाएर क ख रा सिकाउने र पढाउने गुरुआमा गुरुबाहरूले दिनु भएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना पाएका हौं । अधिकांश समस्या र दुविधाहरूको निरोध नै असल गुरुको प्राप्ति र छनोटमा भर पर्छ ।
संस्कृत भाषामा ‘गु’को अर्थ अन्धकार र ‘रू’को अर्थ ज्योति वा प्रकाश गर्ने हो । आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात परब्रह्म स्वरूप मानिन्छ । हाम्रो पूर्वीय दर्शन, हिन्दू मान्यता अनुसार संगीत लगायत ६४ कला सिकाउने, गायत्री, दीक्षामन्त्र, वेदमन्त्र दिने आचार्य, उमेर, बुद्धि, बल, अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन्, पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटीमा पर्छन् । विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो ।
पूर्वीय दर्शनहरूमा पौराणिक शिक्षा प्रणालीमा गुरु–शिष्य परम्परा र गुरुकुलहरूमा अति नै उच्चकोटीको र समान शिक्षाको व्यवस्था थियो भन्ने कुराहरूको वर्णन प्रशस्त पाइन्छ । त्रेता युगमा मर्यादापुरूषोत्तम भगवान श्री राम सहित उनका भाईहरु र द्वापर युगमा भगवान् श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेको शास्त्रमा उल्लेख छ । पहिले गुरुहरू विद्वान हुनाका साथै शिष्यहरु पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए । गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन छ । गुरुहरू सत्यवादी असल आचरण भएका नैतिकवान र अभिभावकत्व ग्रहण गर्न सक्षम हुनु पर्छ भने शिष्यहरु पनि जिज्ञासु, मेहनती र अनुसाशित हुनुपर्छ ।
गुरु शब्द तथा गुरुप्रति गरिने श्रद्धाभक्ति एवं आस्था आफैमा शक्तिसम्पन्न छ । गुरु श्रद्धामा अत्यन्तै ठूलो शक्ति रहन्छ भन्ने पुष्टि एकलब्यले गरेको गुरु भक्तिको उदाहरणबाट सिक्न सकिन्छ । सद्गुरुहरूबाट निर्दिष्ट मार्गोपदेश अनुसरण गर्ने साधक तथा भक्तवत्सललाई सांसारिक जति पनि दुःख,कष्ट, अज्ञानता तथा अभावहरू छन् ती सबैबाट क्रमशः मुक्ति मिल्दै जाने विश्वास गरिन्छ ।
हिन्दु पात्रोअनुसार प्रत्येक संवत्सरको असार शुक्ल पूर्णिमाका दिनलाई गुरूपूजा, पूर्णिमा, गुरूपूर्णिमा, व्यासपूजा पूर्णिमा वा व्यास जयन्ती भनेर महान पर्वको रूपमा मनाउने गरिन्छ । यस वर्ष यो दिन श्रावण ६ गते आइतवार परेको छ । पौराणिक कालमा पराशर ऋषि र माझीपुत्री मत्स्यगन्धा ९सत्यवती० बाट यसै दिन वेदव्यासको जन्म भएको, आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यासले आफ्ना छोरा शुकदेवसहित ऋषिहरूलाई वेदवेदाङ्ग आदि धार्मिक ग्रन्थको दर्शन गराएको र गौतम बुद्धले पनि यसै पूर्णिमाका दिन आफ्ना शिष्यलाई पहिलो उपदेश दिएकाले यस दिनलाई महत्वपूर्ण पर्वका रूपमा मनाउने चलन परापूर्व कालदेखि नै सुरु भएको हो । बौद्ध धर्मावलम्बीहरू यस दिनलाई ‘धर्मचक्र प्रवर्तन दिवस’का रूपमा समेत मनाउने गर्दछन् ।
ध्यानमूलं गुरोर्मूर्तिः पूजामूलं गुरोः पदम्।
मन्त्रमूलं गुरोर्वाक्यं मोक्षमूलं गुरोः कृपाः।।
अर्थात् ध्यानको मूल गुरुको स्वरूप हो, पूजाको मूल गुरुको चरण हो, मन्त्रको मूल गुरुको वाणी हो भने मोक्षको मूल गुरुको कृपा हो । त्यसैले गुरुको सेवा गरी गुरुबाट ज्ञानआर्जन गर्नु र जीवनलाई सफल बनाउनु नै जीवनको सार्थकता हो, जीवनको कर्म हो, धर्म हो र जीवनको सम्पूर्णता हो ।
गुरु पूर्णिमाको अवसरमा समस्त गुरुजनहरुको यिनै महत्व सहितको अत्यन्त श्रवणीय भजन ‘गुरु चरणमा’ बीणा भक्ति युट्व च्यानलबाट सार्वजनिक भएको छ । सुमधुर स्वरकि धनी बबिना भट्टराईको स्वर र संगीत रहेको उक्त भजन रवि उपाध्यायले लिपिवद्ध गरेका छन् भने भजनको एरेन्ज रुविन श्रेष्ठले गरेका छन् । अकेष्टिक स्टुडियोमा रेकर्ड भएको उक्त भजनको मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।
गुरु पूर्णिमाको अवसरमा वीणा भक्ति आध्यात्मिक युट्व च्यानल मार्फत सार्जजानिक भएको उक्त गुरु भजन ‘गुरु चरणमा’ नेपाली भजनप्रेमीहरुले मन पराउने गायिका तथा संगीतकार बबिना भट्राइले विश्वास लिएकी छिन् ।
भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्राईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्राईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





