कला संगीत मानव भावनाको सुन्दर प्रस्तुति हो –कलाकार निर्मला घिसिङ
फापरबारी गाविस, परिवर्तित बागमती गाउँपालिका–७, मकवानपुरमा जन्मिएकी हुन् गायिका निर्मला घिसिङ । उनलाई सानैदेखिनै संगीतप्रति रुचि थियो । नाच्न गाउन पनि सामान्यतया आउँथ्यो सानैदेखि, विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा सहभागि हुन पाउँदा औधी खुसी हुन्थिन् र सबै सहभागी हुन्थिन् । आफ्नो विद्यालयका शिक्षक शिक्षिकाहरुबाट खुब स्यावासी पाउँथे निर्मलाले । रुची औधी भएको कारण विभिन्न कार्यक्रमहरुबाट पुरस्कृत हुने बानी बसिसकेको थियोे उनलाई । निर्मला राम्रो नाँच्ने गाउँने मान्छे भनेर उनलाई अभिभावक र आफुभन्दा अग्रजहरुले सबैले गीत गाउन अनि नाच्न लगाउँथे । उभित्रका प्रतिभाको परिचय पनि आफ्ना अग्रज एवम् अभिभावकहरुले नै गराईदिए । “घरमा पनि साइला काकाले मलाइ गीत गाउन लाउनुहुन्थ्यो, उहाँले यसले राम्रो गाउनुहुन्छ भन्नुहुन्थ्यो । पछि त धेरै आदरणिय व्यक्तित्वहरुसँग भेटघाट हुने अवसर पाइयो, उहाँहरुले पनि मार्गदर्शन गर्नुभयो । तर, म आफुले चाहीँ मेरो आफ्नो वरिपरिको वातावारण र परिस्थितिहरुनै संगीतको प्रेरणाको रुपमा रहेको पाउँछु“ कलाकार एवम् गायिका निर्मला घिसिङ बताउँछिन् । उनको औपचारिक शिक्षा गाउँकै चौरा प्राथमिक विद्यालयबाट सुरु भयो । त्यसपछि काठमाडौँको बौद्ध फुलवारी हाल महेन्द्र माविमा पुन नर्सरीमा भर्ना भईन । पढाइ एकै ठाउँमा स्थिर भएन ,फेरी गाउँमा फर्केर चौरा प्रावि र लोकहित माविमा अध्ययन सुरु गर्याे र हाल त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रमा स्नातकोतर अध्यनरत् छिन् निर्मला ।

कला संगीत अभिनय भनेको मानव भावनाको सुन्दर प्रस्तुति हो जस्तो लाग्छ । मानिसको सोँच र उनीहरुको कल्पनालाई कलाले मूर्त रुप दिन्छ, कला संगीतले मानिसलाई अझ धेरै व्यक्त गरेको जस्तो लाग्छ उनलाई । निर्मलाको कला तथा संगीतको सुरुवात विद्यालयलबाटै भयो, विद्यालयको शुक्रबार हुने अतिरिक्त क्रियाकलापनै उनको कला यात्राको पहिलो प्रारम्भ भएको हो । साथसाथै बनपाखा घाँस दाउरा गर्दा गीत गाउँथे मेरो संगीत प्रारम्भ भएको हो । रेडियो, टिभिमा सुनेका गीतहरु एकै पटकमा कण्ठ गर्न सक्थेँ । स्कुल जिवनमै फरक परिस्थितिबिच मेरो संगीत यात्रा अघि बढ्यो । अनेक घुम्ति, आरोह अवरोह र थुप्रै कुइनेटाहरु पार गर्दै अहिलेसम्मको बाटोमा आइपुगेकी छु उनी बताउँछिन् ।
कला संगीत पनि पेशा हो । जे कुरामा आर्थिक कारोबार हुन्छ त्यो त व्यापारकै रुप हो । अब फरक यति हो तपाइँले आफ्नो कारोबार कसरी गरिरहनु भएको छ ? कला संगीतले कति मानीसको घर व्यवहार धानेको छ भने कला संगीतलाईनै सबै थोक ठान्दा मानिसहरुले आफ्नो घर व्यवहार पनि गुमाएका छन् । त्यसकारण अब यसलाई कसरी मुल्यांकण गर्नुहुन्छ ? उनको विश्लेषण रहेको छ । कला गीत संगीतको मुर्त रुप संस्कृति हो अनि संस्कृति भनेको समाजको दर्पण । तपाई के हो ? को हो ? भन्ने परिचय तपाईको संस्कृतिले दिने रहेछ । त्यसकारण हाम्रो नेपाली समाज बुझाउन, समग्रतामा यसको परिचय गराउन यहाँका विविध संस्कृतिहरु असाध्यै सुन्दर पक्षहरु हुन् । यहाँका कला लोक संस्कृतिहरुको राम्ररी प्रवद्र्ध गर्न सकेको खण्डमा यसबाट राज्यले राम्रै आर्थिक फाइदा उठाउन सकिने प्रशस्त सम्भावनाहरु छन् । तर राज्य यसप्रति उदाशिन भए जस्तो लाग्छ । पर्यटनका रुपमा कला संगीतलाई पनि विकास गराउन सके राज्यले धेरै लाभ उठाउन सकिन्छ तर यस्ता विषयमा लगानी शुन्य रहेको पाउँछु घिसिङ बताउँछिन् ।

नृत्य, गायन र अभिनय विधामा अघि बढिरहेको निर्मला मुलतः गायनलाई बढी प्राथमिकता दिन्छिन्, उनले दि भोइस् अफ नेपालमा ख्याति कमाएर अझ बढी आफुलाई परिचित गराउन सफल भएकी हुन् । उनले अहिलेसम्म धेरै गीतहरुमा आवाज भरिसकेकि छिन् । जसमध्ये ‘होई च्याङ्बा होई च्याङ्बॉ, दरबन्दी, आजभोली मन हुन्छ चङ्गा , सिरिरि हावा चल्यो, जुवा त खेल्ने चौकामा, आमाला जामे ङा रानी, कसले बनायो दाजै उडी जाने बस’लगायतका गीतहरु धेरै रुचाएका र चर्चा कमाउन सफल सिर्जनाहरु हुन् । निर्मलाले देश भन्दा बाहिर पनि केही देशहरुमा पनि आफ्नो सांगीतिक यात्राहरु तय गरिसकेका छन् । उनले विशेषगरी नेपाली र तामाङ गीतहरुलाई प्राथमिकताकासाथ बजारमा ल्याउने गरेकि छन् । सानैबाट थुप्रै कार्यक्रमहरुमा सहभागी हुने गरेकाले विभिन्न सम्मान र अवार्डहरुबाट सम्मानित साथै पुरस्कृत भैसकेकी छिन् । अबको बाँकी यात्रालाई अझ नयाँ ढंगले सिर्जनाहरु ल्याउने सोचमा रहेको देखिन्छ । आफ्नो क्षेत्रमा अझ परिष्कृत हुँदै जाने, राष्ट्रको लागि कति सकिन्छ ।
आफ्नो क्षेत्रबाट योगदान गर्ने नै लक्ष्य हो । धेरै ठुलो र महंगो लक्ष्य छैन निर्मला बताउँछिन् । कला क्षेत्रको बाहिरी आवरण मात्रै हेरेर आउनु हुन्न । रंगीन कभरको भरमा महत्वकाँक्षी बनेर आउँदा दुःख पाइन सक्छ । जुनकुनै कुरामा राम्रो अध्ययन भएन भने त्यो सफल हुन र सफल रहन गाह्रो छ । यसर्थ पनि यस क्षेत्रमा आउन चाहने र आउन तरखरमा रहनु भएकोहरुलाई म भन्छु राम्रोसँग अध्ययन गरेर बुझेर चिनेर मात्र आउदा राम्रो हुन्छ । जुन क्षेत्रमा काम गर्दा पनि किन गर्दैछु ? केका लागि गर्दै छु ? लगायतका कुराहरु अवगत हुनुपर्छ नत्रभने निचोड स्पष्ट हुँदैन । कला संगीत भनेको त साधना समर्पण र लगाव हो । निरन्तर साधना र समर्पण सहित यो क्षेत्रमा आउनुभयो भने त्यसले राम्रै प्रतिफल दिन्छ कलाकार निर्मला बताउँछिन् ।
प्रस्तुतीः करण तामाङ
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





