देशभरका ४४० स्थानमा डढेलो

२०८१ बैशाख १३ गते, बिहीबार

काठमाडौं । देशका विभिन्न स्थानमा डढेलोका घटना उच्च भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा वन डढेलो विज्ञ सुन्दरप्रसाद शर्मा वैशाख दोस्रो साता नेपालमा डढेलो उच्च बिन्दुमा पुगेको बताउँछन् ।

उनका अनुसार बिहीबार देशका ४४० स्थानमा आगलागी तथा डढेलोका घटना भएका छन् । बुधबार ४४७ स्थानमा घटना भएको थियो । देशभरका ६० जिल्ला डढेलोबाट बढी प्रभावित भएका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार २०८० वैशाखदेखि चैत अन्तिमसम्म आगलागी र डढेलोमा परी ११५ जनाको मृत्यु भएको थियो । २०८१ वैशाखयता १२ गतेसम्म आगलागी र डढेलोबाट सात जनाको मृत्यु भएको छ ।

डढेलोकै कारण देशका अधिकांश स्थानमा वायु प्रदूषण उच्च भएको छ । तत्काल वर्षा नभए अवस्था जटिल हुने शर्मा बताउँछन् । उनका अनुसार यही अवस्था रहने हो भने अझै एक महिना डढेलोको उच्च जोखिम रहन्छ ।

यता जल तथा मौसम पूर्वानुमान महाशाखाले कुनै नयाँ मौसमी प्रणाली भित्रिएर तत्कालै वर्षा हुने सम्भावना नरहेको जनाएको छ ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal