३० लाख राष्ट्रिय परिचयपत्र छापिदा चार लाख मात्रै वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

काठमाडौं । सरकारले ३० लाखभन्दा बढी राष्ट्रिय परिचयपत्र छापेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार चैत मसान्तसम्म ३० लाख १९ हजार ११४ कार्ड प्रिन्ट भएको हो ।

सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउने भनेर सरकारले राष्ट्रिय परिचयपत्र छाप्ने काम अघि बढाएको थियो । तर, हालसम्म परिचयपत्र बनाएर राख्ने र पासपोर्ट बनाउनबाहेक अन्य प्रयोजनमा प्रयोग भएको पाइँदैन ।

विभागका अनुसार सरकारसँग छाप्नका लागि एक करोड २१ लाख १७ हजार कार्ड उपलब्ध भएको थियो । तीमध्ये ३० लाख १९ हजार ११४ कार्ड नागरिकको विवरणसहित छापिएको हो ।

छापिएकामध्ये २१ लाख ७३ हजार ५०३ राष्ट्रिय परिचयपत्र कार्ड वितरणका लागि सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा पठाइएको विभागले जनाएको छ । चैत मसान्तसम्म देशभर चार लाख २२ हजार ९२१ वटा परिचयपत्र कार्ड वितरण भइसकेको छ ।

विभागका अनुसार परिचयपत्र बनाउन एक करोड ४३ लाख ८५ हजार नागरिकको विवरण संलकन भएको छ । विभागले ६६ जिल्लामा नागरिकको विवरण संकलन गर्ने अभियान सम्पन्न भइसकेको जनाएको छ । हाल सात जिल्लामा अभियान जारी छ ।

मुस्ताङमा कम जनसंख्या भएकाले स्थायी दर्ता केन्द्रबाट विवरण संकलन भइरहेको र डोल्पा, मुगु र हुम्लामा अभियान सञ्चालन हुन बाँकी छ ।

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal