बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)
नसोधेर दिलमा, सजायौ तिमीले
शान्त मन चञ्चल बनायौ तिमीले ….
काठमाण्डौ । भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर तर भर्खरै सार्वजानिक भएको गजल ‘चञ्चल’ मा भने युवतीले गजलकारलाई गुनासो गरेकी छिन् आँफूलाई नसोधिकन दिलमा सजाएकोमा अनि आफ्नो शान्त अनि कोमल मनलाई चञ्चल बनाएकोमा । आँफूलाई रित्तो घडाको उपमा दिदै हाल सम्म उनी आफ्नो सामु कोहि नआएको तर उनको आवगमनको रहर चाहि के हो त ? भनेर प्रश्न गर्छिन् । आँफै गुनासो गर्दै सायद सरोजलाई टुना नै लगाएकी हुन् कि उनले ? उनी संगको टाढापन, उनी संगको विछोडको पिडा सम्झदा मात्रै पनि अत्यास मान्छन् गजलकार । उनी संग जोडिएको मायालु नाता नछुटोस् भन्ने आग्रह छ गजलकारको । गजलका शेरहरुमा यहि अनुनय विनय गरेका छन् गजलकारले । सायद नसोधिकन दिलमा सजाएकोले होला ती युवतीलाई भने यो सम्वन्ध स्वीकार छैन, उनले आँफूलाई राखेको दिल हो भन्ने पनि भुलेर त्यहि दिलमा अन्धाधुन्ध धारिलो छुरा चलाउँछिन्, उनको छुरा प्रहारले दिल टुक्रा टुक्रा भएको, छियाछिया भएको छ गजलकारको । छियाछिया भएको दिल लिएर पनि बाँच्न विवश भएका छन् गजलकार, आँफै बसेको दिलमा पनि अन्धधुन्ध छुरा चलाउन सक्ने उनको निष्ठुरीपनले सख्त घायल छन् उनी । आफ्नो निर्दोश मन वसमा राख्न नसकेर उनलाई दिलमा सजाएकोमा पछुतो छ सायद्, उनले धीरताको सीमा स्तम्भ नै गल्र्याम्म ढलाएकी छिन् । यति बेला त्यो धीरताको स्तम्भ फुटेर चकनाचुर भएको छ, उनले चलाएकी छुराले दिल घायल भएको छ, विह्ल भएको छ । कसैलाई नसोधेर दिलमा सजाउनुको पिडा गजलले बोलेको छ । नसोधिकन कसैलाई पनि दिलमा नसजाउन गजलले सजग बनाएको छ । मनमा प्रेमिल भाव उब्जिन सक्छ, कसै प्रति मन आकर्षित हुन सक्छ तर नसोधिकन त्यो भाव प्रकट गर्न नहुने रहेछ भन्ने सन्देश पनि बोकेको छ गजलले ।
बबिना भट्टराईको अफिसियल युट्व च्यानलबाट सार्वजानिक भएको गजल ‘चञ्चल’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर र संगीतमा सार्वजनिक भएको छ भने ‘चञ्चल’ गजल का शेरहरु लिपिवद्ध गरेका हुन् सरोज संगम रावलले । उक्त गजलको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीेले उक्त गजल रेकर्ड गरेका हुन् । जस्केलो क्रियशनद्धारा निर्माण गरिएको गीतको भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई वाद्यबादकको समुह संग आफै फिचर्ड छिन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी..’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





