बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

नसोधेर दिलमा, सजायौ तिमीले
शान्त मन चञ्चल बनायौ तिमीले ….

काठमाण्डौ । भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर तर भर्खरै सार्वजानिक भएको गजल ‘चञ्चल’ मा भने युवतीले गजलकारलाई गुनासो गरेकी छिन् आँफूलाई नसोधिकन दिलमा सजाएकोमा अनि आफ्नो शान्त अनि कोमल मनलाई चञ्चल बनाएकोमा । आँफूलाई रित्तो घडाको उपमा दिदै हाल सम्म उनी आफ्नो सामु कोहि नआएको तर उनको आवगमनको रहर चाहि के हो त ? भनेर प्रश्न गर्छिन् । आँफै गुनासो गर्दै सायद सरोजलाई टुना नै लगाएकी हुन् कि उनले ? उनी संगको टाढापन, उनी संगको विछोडको पिडा सम्झदा मात्रै पनि अत्यास मान्छन् गजलकार । उनी संग जोडिएको मायालु नाता नछुटोस् भन्ने आग्रह छ गजलकारको । गजलका शेरहरुमा यहि अनुनय विनय गरेका छन् गजलकारले । सायद नसोधिकन दिलमा सजाएकोले होला ती युवतीलाई भने यो सम्वन्ध स्वीकार छैन, उनले आँफूलाई राखेको दिल हो भन्ने पनि भुलेर त्यहि दिलमा अन्धाधुन्ध धारिलो छुरा चलाउँछिन्, उनको छुरा प्रहारले दिल टुक्रा टुक्रा भएको, छियाछिया भएको छ गजलकारको । छियाछिया भएको दिल लिएर पनि बाँच्न विवश भएका छन् गजलकार, आँफै बसेको दिलमा पनि अन्धधुन्ध छुरा चलाउन सक्ने उनको निष्ठुरीपनले सख्त घायल छन् उनी । आफ्नो निर्दोश मन वसमा राख्न नसकेर उनलाई दिलमा सजाएकोमा पछुतो छ सायद्, उनले धीरताको सीमा स्तम्भ नै गल्र्याम्म ढलाएकी छिन् । यति बेला त्यो धीरताको स्तम्भ फुटेर चकनाचुर भएको छ, उनले चलाएकी छुराले दिल घायल भएको छ, विह्ल भएको छ । कसैलाई नसोधेर दिलमा सजाउनुको पिडा गजलले बोलेको छ । नसोधिकन कसैलाई पनि दिलमा नसजाउन गजलले सजग बनाएको छ । मनमा प्रेमिल भाव उब्जिन सक्छ, कसै प्रति मन आकर्षित हुन सक्छ तर नसोधिकन त्यो भाव प्रकट गर्न नहुने रहेछ भन्ने सन्देश पनि बोकेको छ गजलले ।

बबिना भट्टराईको अफिसियल युट्व च्यानलबाट सार्वजानिक भएको गजल ‘चञ्चल’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर र संगीतमा सार्वजनिक भएको छ भने ‘चञ्चल’ गजल का शेरहरु लिपिवद्ध गरेका हुन् सरोज संगम रावलले । उक्त गजलको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीेले उक्त गजल रेकर्ड गरेका हुन् । जस्केलो क्रियशनद्धारा निर्माण गरिएको गीतको भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई वाद्यबादकको समुह संग आफै फिचर्ड छिन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी..’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

9 Views

ताजा

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

२०८१ बैशाख १३ गते, बिहीबार

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

२०८१ बैशाख १३ गते, बिहीबार

देशभरका ४४० स्थानमा डढेलो

२०८१ बैशाख १३ गते, बिहीबार

३० लाख राष्ट्रिय परिचयपत्र छापिदा चार लाख मात्रै वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

राष्ट्रिय फोटो पत्रकारिता दिवसः मैत्रीपूर्ण खेलमा आयोजक एनएफपिजेलाई हराउँदै बङ्गलादेशको टोली विजय

२०८१ बैशाख १३ गते, बिहीबार

दोलखाका मन कृष्ण श्रेष्ठद्वारा लायन्समा उम्मेदवारी दर्ता

२०८१ बैशाख १३ गते, बिहीबार

छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने

२०८१ बैशाख १३ गते, बिहीबार

सांसद एकनाथ ढकालद्वारा कोरियाली मन्त्रिसंँग भेट

२०८१ बैशाख १२ गते, बुधबार

‘गणतन्त्र गौरव’ बाट पूर्वराष्ट्रपति भण्डारी सम्मानित

२०८१ बैशाख १० गते, सोमबार

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

२०८१ बैशाख १० गते, सोमबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal