डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान
काठमाडौं । यसअघि गीतसंगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गर्नुभएका विश्व कीर्तिमानी डा.डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्याउनुभएको छ । थप २० विश्व कीर्तिमान बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँका कीर्तिमानको संख्या १५३ पुगेको हो ।
काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्ने संस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख अतिथि रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले डा।उपाध्यायलाई हस्तान्तरण गर्नुभएको थियो ।
साहित्यकार केदारनाथ खनालको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास०का पूर्वअध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर अध्यक्ष मधुरा श्रेष्ठ, साहित्यकार समिना खनाललगायतले डा।उपाध्यायलाई बधाई तथा शुभकामना दिँदै उहाँका कर्मलाई देशले नै गौरव गर्नुपर्ने बताउनुभएको थियो ।
प्रमुख अतिथि रक्षामन्त्री उप्रेतीले डा।उपाध्यायलाई यस्तो विशेष कार्यका लागि बधाई तथा शुभकामना दिँदै उहाँले आफूलाई सधैं सकारात्मक कर्मतर्फ डोर्याएका कारण सबै सम्भव भएको बताउनुभयो । आफूले नयाँ(नयाँ विषयवस्तुमा खोज अनुसन्धान र केही फरक गरौं भन्ने धारणाका साथ काम गर्दै जाँदा आफ्ना विश्व रेकर्डको संख्या १५३ पुगेको डा।उपाध्यायले बताउनुभयो । ‘म समाजका लागि गीत, उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’, भन्दै डा।उपाध्यायले श्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द हुने सुनाउनुभयो ।
सो अवसरमा एभरेष्ट वल्र्ड रेकर्डसका मधुरा श्रेष्ठले डा।उपाध्यायलाई १५३ वर्ल्ड रेकर्डको मेडल प्रदान गर्नुभएको थियो । प्रमुख अतिथि रक्षा मन्त्री उप्रेतीले डा।उपाध्यायलाई बधाई तथा शुभकामना सम्मान पत्र पनि अर्पण गर्नुभएको थियो । कार्यक्रममा पत्रकार राज लुईंटेल र कलाकार शिवहरि वैरागीलाई द विट्रिस रेकर्ड अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।
यही महिना डा।उपाध्यायलाई विश्वको सर्वाधिक उचाइमा लाइभ गीत प्रस्तुत गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकोे प्रमाण पत्र हालै राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हस्तान्तरण गरिएको थियो । डा।उपाध्यायले विश्वमा एकैदिन सबैभन्दा बढी आर्टिकल लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्नुभएको छ भने सबैभन्दा धेरै भाषामा गीत लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्नुभएको छ ।
डा।उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित बुक अफ अमेरिका, एभरेष्ट वल्र्ड रेकर्ड, स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड, अष्ट्रेलिया, लण्डन युकेलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
नरेश भट्टराईले सहजीकरण गरेको कार्यक्रममा कीर्तिमानी गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ले डा।उपाध्यायका गीत प्रस्तुत गर्नुभएको थियो भने कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
डा।उपाध्यायका ३६ बढी गीति एल्बम, १६ उपन्यास, तीन गीति कविता र सयौं गीतका भिडियो सार्वजनिक छन् । उहाँले देश(विदेशका विभिन्न संघसंस्थाबाट सयौं मानसम्मान अवार्ड र पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाली गीतसंगीतमा उपाध्यायले सर्वाधिक विश्व रेकर्ड कायम गर्नुभएको छ भने विश्वको टपटेनमा पर्नुहुन्छ । तस्विरः महम्मद जलिम ।
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





