मादकपदार्थको नशामा शैक्षिक सुदृढीकरणको रन्को

२०८० चैत्र २३ गते, शुक्रबार

ललितपुर। नेपाल राष्ट्रिय शिक्षक संठन ललितपुरले ललितपुरको महालक्ष्मी ९ स्थित देउरालि रिसोर्टमा गत १०–११ गत्ते साङ्गठानिक सुदृढीकरण तथा शैक्षिक सुधार अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर जिल्लाका अध्यक्ष देविप्रसाद दुलालको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा राष्ट्रिय अध्यक्ष बिष्णु प्रसाद भण्डारी प्रमुख अतिथिका रुपमा थिए भने पूर्व अध्यक्ष तथा नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार बाबुराम थापा रहेका थिए।

अचम्म त के थियो भने नेकपा एमाले सम्वद्ध शिक्षकहरुको जिल्लास्तरीय तथा विभिन्न ब्यक्तिहरुको आतिथ्यमा सम्पन्न भएको शैक्षिक सुदृढीकरण कार्यक्रममा रक्सिका बोतलहरुले समेत सुदृढीकरणका मज्जा लिईरहेको भिडियोसहितको सूचना कार्यक्रममा सहभागी शिक्षकहरूकै पोष्टबाट प्राप्त भएको छ ।

देशको भविष्य उत्पादन गरिने शैक्षिक केन्द्रका प्रमुख शिक्षकहरूले बिद्यार्थीहरुलाई असल शिक्षा दिने शिक्षकहरु नै जाँड, रक्सी र मादकपदार्थ खाएर मायापीरतिका गीतमा डुब्नु भ्रष्ट र आपराधिक राजनीतिको परिणाम हो । यसरी शैक्षिक सुदृढीकरण कार्यक्रम र सरकारि बिद्यालयमा शिक्षाको गुणस्तर कसरी सुधारिन्छ रु भन्ने गम्भीर प्रस्न सिर्जना भएको छ । शिक्षक पदीय मर्यादा वीपरित खुलमखुला राजनीतिक दलका झोला बोकेर शिक्षक पेशा सम्हालेका गैरजिम्मेवार, अनैतिक लठ्ठकहरुलाई छोला त ? यिनीहरूबाट इमानदार, नैतिकवान र अनुशासित विद्यार्थी कसरी उत्पादन हुन्छ ?

गोप्य स्रोकाअनुसार लाखौँ खर्चेर आयोजित जिल्लाभरका शिक्षकहरुमा क्षमता वृद्धि र शिक्षामा सुदृढीकरणको लागि भनिए तापनि मादक पदार्थ सेवन गरेर आपसमा शिक्षक शिक्षिका बिच रोमान्स बाहेक नयाँ केही सुदृढी नभएको बुझिएको छ । यो केवल मनोरञ्जन, घुमघाम र पिकनिकभन्दा फरक देखिँदैन ।

गरिब, विपन्न, बेसहारा अभिभावकका छोराछोरीहरूलाई पढाइने सरकारी विद्यालयका यस्ता शिक्षकहरूलाई कडा कारबाही हुनुपर्ने नाम उल्लेख नगर्ने सर्तमा केही अभिभावकहरू बताएका छन् । बिद्यार्थीहरूलाई नैतिकवान बनाउने शिक्षकहरु नै पार्टीको झण्डामुनि बसेर खुलेआम यस्ता हर्कत गरिरहँदा देशको शिक्षण संस्थाहरुका गुणस्तरमा ह्रास आएको र सो क्रम झनै नाजुक बन्दै गएकोले सो पेशामा रहन लाजमर्दो भएको प्राप्त स्रोतमा स्पष्ट देख्न सकिन्छ।

भविष्यका कर्णाधारका आधार शिक्षक नै अनैतिक कर्ममा रहनु देशको भ्रष्ट राजनीतिकै उपज हो । साँझको रक्सी पार्टीमा बियरका बोतल र बियर भरिएका कप स्पष्ट देख्न सकिन्छ । नाचगानका गीत उस्तै माया पिरति, उच्छृंखल खालको रहेको प्राप्त भिडियो क्लिफबाट बुझिन्छ । यस तथ्यबाट कतिपय शिक्षक, शिक्षिकाहरू अनैतिक काम, कर्ममा फसेको स्पष्ट हुन्छ । जनताको करमा सरकारी राम्रो तलबभत्ता बुझेर खुलेआम राजनीतिक पार्टीको झोला बोक्नु र राजनीति गर्नु पदीय मर्यादा, आचरण र शिक्षक आचारसंहिता वीपरित कार्य हो । यो शिक्षक संगठनमा विद्यार्थी, विद्यालय,अभिभावकको भविष्यका बारेमा कुनै चासो र चिन्ता रहेको देखिँदैन । शिक्षक पदमा रहिन्जेल बरू मोजमस्ति, अनैतिक क्रियाकलापमा संलग्न भएर राजनीति गर्दै निवृत्त हुनासाथ पदप्रतिष्ठा, पद प्राप्ति, साँसद, मन्त्री पड्काउने मुख्य उदेश्य बोकेका अनैतिक जमातहरूले दिने शिक्षाले देश, समाज र विद्यार्थीको भविष्य के होला रु सहजै अनुमान गर्न सकिन्छ । यस्तो हर्कत गर्ने सम्पूर्ण शिक्षक संगठन र जिल्ला ललितपुरको नेतृत्वलाई निलम्बन, कारबाही र जिम्मेवारीबाट तत्कालै मुक्त गरिनुपर्छ । यस्ता गैरजिम्मेवारी क्रियाकलाप गर्ने जो, कसैलाई तत्कालै कडा कारबाहीको लागि सम्बन्धित निकायको ध्यान जानुपर्छ ।

96 Views

ताजा

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal