रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरीवाल पक्राउ
काठमाडौं। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्।
प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ बिहीबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो। घरमा दुई घन्टाको सोधपुछपछि अनुसन्धान एजेन्सीले राति पक्राउ गरेको बताइएको छ।
मुख्यमन्त्री पक्राउ परेपछि दिल्लीकी शिक्षा मन्त्री आतिशीले केजरीवाल नै दिल्लीको मुख्यमन्त्री रहने र जेलबाट सरकार चलाउने प्रतिक्रिया दिएकी छन्। साथै आम आदमी पार्टीको कानूनी टोलीले सर्वोच्च अदालतमा अपिल गर्दै तत्काल सुनुवाइ गर्न पनि माग गरेको छ।
यसअघि बिहीबार दिउँसो उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो।
केजरीवालले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए। अदालतले केजरीवाल ईडी समक्ष हाजिर हुनुपर्ने बताउँदै उनको गिरफ्तारीमा रोक लगाउन अस्वीकार गरेको थियो।
यसअघि ईडीले मार्च १७ मा केजरीवाललाई ९औं समन पठाएको भएपनि उनी बयानका लागि उपस्थित हुन अस्वीकार गर्दै आएका थिए।
मदिरा नीति मुद्दामा केजरीवाललाई २७ फेब्रुअरी, २६ फेब्रुअरी, २२ फेब्रुअरी, २ फेब्रुअरी, १७ जनवरी, ३ जनवरी र २०२३ मा २१ डिसेम्बर र २ नोभेम्बरमा समन पठाइएको थियो।
दिल्ली राज्य सरकारको मदिरा नीतिमा दिल्लीका मुख्यमन्त्री र केही मन्त्रीहरु अहिले जेलमा रहेका छन्।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





