रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरीवाल पक्राउ

२०८० चैत्र ९ गते, शुक्रबार

काठमाडौं। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्।

प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ बिहीबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो। घरमा दुई घन्टाको सोधपुछपछि अनुसन्धान एजेन्सीले राति पक्राउ गरेको बताइएको छ।

मुख्यमन्त्री पक्राउ परेपछि दिल्लीकी शिक्षा मन्त्री आतिशीले केजरीवाल नै दिल्लीको मुख्यमन्त्री रहने र जेलबाट सरकार चलाउने प्रतिक्रिया दिएकी छन्। साथै आम आदमी पार्टीको कानूनी टोलीले सर्वोच्च अदालतमा अपिल गर्दै तत्काल सुनुवाइ गर्न पनि माग गरेको छ।

यसअघि बिहीबार दिउँसो उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो।

केजरीवालले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए। अदालतले केजरीवाल ईडी समक्ष हाजिर हुनुपर्ने बताउँदै उनको गिरफ्तारीमा रोक लगाउन अस्वीकार गरेको थियो।

यसअघि ईडीले मार्च १७ मा केजरीवाललाई ९औं समन पठाएको भएपनि उनी बयानका लागि उपस्थित हुन अस्वीकार गर्दै आएका थिए।

मदिरा नीति मुद्दामा केजरीवाललाई २७ फेब्रुअरी, २६ फेब्रुअरी, २२ फेब्रुअरी, २ फेब्रुअरी, १७ जनवरी, ३ जनवरी र २०२३ मा २१ डिसेम्बर र २ नोभेम्बरमा समन पठाइएको थियो।

दिल्ली राज्य सरकारको मदिरा नीतिमा दिल्लीका मुख्यमन्त्री र केही मन्त्रीहरु अहिले जेलमा रहेका छन्।

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal