मधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्न

२०८० फाल्गुन २२ गते, मंगलवार

दुबई । मधेशी एकता समाज यूएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह आइतबार दिउँसो दुबईको बरदुबईस्थित एक होटलमा धुमधाम र भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गर्नुभएको थियो ।

कार्यक्रमका श्रम तथा रोजगार मन्त्री शरत् सिंह भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो । यसैगरी मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र युएईस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन विशाल भट्टराई विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए यूएईका अध्यक्ष विकाश शाही, नेपाली दूतावासका तृतीय सचिव विमलेश मिश्र, अर्का तृतीय सचिव दिल्लीराम शर्मा र श्रम कन्सुलर दिनबन्धु सुवेदी अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी, मधेशी एकता समाजको संस्थापक र अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रवीन्द्र कुमार यादव, समाजको नेपाल इकाइकी संयोजक बबीसिंह यादव, समाजका पूर्व अध्यक्षहरु मुकेश झा, कृष्णा ठाकुर, वरिष्ठ उपाध्यक्ष अम्बिका साहलगायतको पनि अतिथिको रुपमा उपस्थिति थियो ।
उद्घाटन समारोहको संचालन महासचिव रोशन देव र सांस्कृतिक कार्यक्रमको संचालन ललित राय र भोला पासवानले गर्नुभएको थियो ।
त्यस अवसरमा सांस्कृतिक नाचगान, होली गीत र जोगिरा गायनका साथै खानपिनको पनि भव्य व्यवस्था गरिएको थियो ।

होली समारोहमा नेपालबाट गएका मधेशका चर्चिच कलाकारहरु जागेश ठाकुर तथा निरुता साहको सानदार प्रस्तुति थियो ।

त्यसैगरी, त्यहाँ रहेका स्थानीय कलाकारहरु गायक भोला पासवान तथा नृत्यतर्फ इशा, शीतल र पुनमका साथै नेपाली बोइज ग्रुपको पनि प्रस्तुति थियो ।
उद्घाटन समारोहमा श्रम तथा रोजगार मन्त्री भण्डारीले मधेशी एकता समाजले विदेशी भूमिमा पनि सम्पूर्ण मधेशीलाई जोडेर राखेकोमा प्रशंसा गर्नुभयो । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने शिप र पैसा नेपाल सरकारले उपलब्ध गराउने जानकारी दिनुभयो । त्यस अवसरमा भण्डारीले एक प्रकारको होली गायन अर्थात् जोगिरा गाएर सुनाउनुभएको थियो ।
नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन भट्टराईले होली पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरी, एकता समाजका नेपाल संयोजक डा. बबी सिंह यादवले होलीको शुभकामना दिनुभयो । उहाँले मधेशी एकता समाजको नेपाल इकाइले विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग र समन्वयबारे जानकारी दिनुभयो ।

यस्तै, समाजको अन्तर्राष्ट्रिय संयोजक डा. रविन्द्र कुमार यादवले वर्तमान समयमा वैदेशिक रोजगारमा रहेका मधेशी युवाहरूको अवस्था अत्यन्त जोखिमपूर्ण रहेको बताउनुभयो । डा. यादवले कम्तीमा प्राविधिक प्रशिक्षण लिएर र २० वर्ष उमेर पुगेपछि मात्रै वैदेशिक रोजगारमा आउने वातावरण बनाउन सल्लाह दिनुभयो ।
डाक्टर यादवले एकता समाजले संसारभरि फैलिएका मधेशी प्रवासीहरुलाई मधेश हितका लागि एकताको सुत्रमा बाँधेर मधेशको सांकृतिक पहिचान जोगाउन काम गरिरहेको बताउनुभयो ।

यस्तै मधेशमा शिक्षाको स्तर उन्नति, मधेशबाट हुने श्रम आप्रवासनलाई कम जोखिमपूर्ण बनाउन र श्रमिकलाई शीपमूलक तालिम दिई विप्रेषणको गुणवत्ता कायम गर्नेजस्ता कार्यमा एकता समाजले सकारात्मक परिवर्तनको प्रयास गरिरहेको डा. यादवले बताउनुभयो ।

यस अतिरिक्त, श्रमिकहरुलाई परदेशमा समस्या पर्दा उद्धार गर्ने, मद्दत गर्ने, मधेशमा प्राकृतिक विपत्तिको बेला सहयोग गर्ने, मधेश आन्दोलनका सहिद परिवारलाई सहयोग गर्ने, मधेश मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्नेजस्ता कार्यमा समेत संस्था क्रियाशील रहेको यादवको भनाइ थियो ।
होली समारोहमा संयुक्त अरब इमिरेट्सका विभिन्न शहरमा कार्यरत ४ सय जनाभन्दा बढी मधेशी सहभागी थिए ।

त्यस अवसरमा युएईमा भूउपग्रहको सफ्टवेयर डिजाइनिङ गर्ने मुकेश झा, मिसाइल डिजाइनिङमा कार्यरत इन्जिनियर दीपक कुमार यादव, न्यूयोर्क विश्वविद्यालय आबुधाबीबाट डिग्री प्राप्त गर्ने पहिलो मधेशी उत्तम मिश्रा, दुबईमा कारखाना स्थापना गर्ने पहिलो मधेशी विनेश यादव र अन्य मधेशी उद्यमीहरु कविन्द्र यादव, गणेश पुर्बे र जीवछ साहलाई सम्मान गरिएको थियो ।
नेपालमा होली मार्च २५ मा भएपनि रमजानको पवित्र महिना मार्च ९ देखि अप्रिल ९ सम्म चल्ने भएकोले दुबईमा होली समारोह रमजानअगावै मार्च ३ तारिखमा आयोजना गरिएको थियो ।

त्यस अवसरमा मधेशी एकता समाजले रमजानको अवसरमा मार्चको तेस्रो हप्तामा इफ्तार कार्यक्रम दुबईमा आयोजना गर्ने घोषणा गरेको छ ।

 

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal