विद्यालय बन्द हुँदा नेपाली विद्यार्थी पढ्नकै लागि भारततर्फ जाँदै
काठमाण्डौ । विद्यार्थी अभावमा सामुदायिक विद्यालय बन्द हुनेक्रम बढेसँगै नेपालबाट कतिपय विद्यार्थी पढ्नकै लागि भारततर्फ जान थालेका छन् । मुख्यगरी भारतसँग सीमा जोडिएका क्षेत्रमा यो समस्या बढ्दो छ । विद्यालय नभएका ठाउँमा पढ्नकै लागि भारत जानुपर्ने एउटा बाध्यता छ भने भएका विद्यालय बन्द हुँदा थप सास्ती भएको छ ।
सीमाक्षेत्रका केही बालबालिका घरबाटै भारतका विद्यालय जाने गरेका छन् भने कतिपयका अभिभावकसहित महँगो शुल्क तिरेर भारतीय बजारमा बस्नुपर्ने बाध्यता छ । इलामको सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमुको यसवर्ष नातिनी पढाउन भारत जाने तयारी छ।
भारतको मानेभञ्ज्याङमा रहेको स्कुलमा नातिनी पढाउन उहाँले नजिकै कोठा खोज्नुभएको छ । चैत पहिलो हप्ता जाने तयारी रहेको लमुले बताउनुभयो । पातलो बस्ती र जनघनत्व पनि कम भएको इलामको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तह पढाउन भारतीय क्षेत्रमा अभिभावक नै गएर बस्नुपर्ने बाध्यता रहेको जौबारीका सोनाम शेर्पाले बताउनुभयो ।
मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बसेकी डोमा शेर्पाले आफ्नै देशमा बच्चा पढाउन पाए सहज र राहत पुग्ने बताउनुभयो । जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायत क्षेत्रका बालबालिका भारतीय विद्यालय लैजानुपर्ने बाध्यता रहेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङछिरिङ शेर्पाले जानकारी दिनुभयो । इलाममा मात्रै नभएर सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन कतैबाट प्रयास नभएको उहाँको गुनासो छ ।
ताजा
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





