विद्यालय बन्द हुँदा नेपाली विद्यार्थी पढ्नकै लागि भारततर्फ जाँदै

२०८० फाल्गुन १६ गते, बुधबार

काठमाण्डौ । विद्यार्थी अभावमा सामुदायिक विद्यालय बन्द हुनेक्रम बढेसँगै नेपालबाट कतिपय विद्यार्थी पढ्नकै लागि भारततर्फ जान थालेका छन् । मुख्यगरी भारतसँग सीमा जोडिएका क्षेत्रमा यो समस्या बढ्दो छ । विद्यालय नभएका ठाउँमा पढ्नकै लागि भारत जानुपर्ने एउटा बाध्यता छ भने भएका विद्यालय बन्द हुँदा थप सास्ती भएको छ ।

सीमाक्षेत्रका केही बालबालिका घरबाटै भारतका विद्यालय जाने गरेका छन् भने कतिपयका अभिभावकसहित महँगो शुल्क तिरेर भारतीय बजारमा बस्नुपर्ने बाध्यता छ । इलामको सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमुको यसवर्ष नातिनी पढाउन भारत जाने तयारी छ।

भारतको मानेभञ्ज्याङमा रहेको स्कुलमा नातिनी पढाउन उहाँले नजिकै कोठा खोज्नुभएको छ । चैत पहिलो हप्ता जाने तयारी रहेको लमुले बताउनुभयो । पातलो बस्ती र जनघनत्व पनि कम भएको इलामको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तह पढाउन भारतीय क्षेत्रमा अभिभावक नै गएर बस्नुपर्ने बाध्यता रहेको जौबारीका सोनाम शेर्पाले बताउनुभयो ।

मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बसेकी डोमा शेर्पाले आफ्नै देशमा बच्चा पढाउन पाए सहज र राहत पुग्ने बताउनुभयो । जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायत क्षेत्रका बालबालिका भारतीय विद्यालय लैजानुपर्ने बाध्यता रहेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङछिरिङ शेर्पाले जानकारी दिनुभयो । इलाममा मात्रै नभएर सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन कतैबाट प्रयास नभएको उहाँको गुनासो छ ।

209 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal