राजनीतिक नेतृत्व पन्छिँदा प्रहरी दोषी

२०८० फाल्गुन १७ गते, बिहीबार

गणेश जि.सी.
अधिकांश घटनामा राजनीतिक नेतृत्व चोखिने र अरुलाई मात्रै दोषी देखाइने गरेको छ । राजनीतिका कारण नै हरेक प्रकारका आन्दोलन वा संघर्ष हुने गरेका छन् । सजिलो हुँदा दलहरुले हामीहरु सधैं जनताको पक्षमा छौं भन्ने गर्छन् तर अप्ठ्यारो परिस्थितिमा भनें उनीहरु साइड लाग्ने गरेका छन् । राजनीतिक नेतृत्वले मानिसमा भएका असहमति मिलाउन नसक्दा पटक पटक समस्या आउने गरेको छ ।
केही दिनअघि लघुवित्तपीडित संसद भवन नयाँ बानेश्वर प्रवेश गरे । उनीहरुले त्यहाँ गएर आफ्ना माग राखेका थिए । उनीहरु त्यहाँ प्रवेश गरेको विषयलाई लिएर संसद र प्रहरी प्रशासनले सुरक्षा व्यवस्था खलबलिएको निश्कर्ष निकालेको थियो । सभामुख देवराज घिमिरेले साँझ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग यो विषयमा जानकारी लिएका थिए । त्यसपछि सुरक्षा व्यवस्थामा खटिएका केही प्रहरीलाई हटाइयो र त्यहाँ नयाँ भर्ना गरियो । नयाँ समूह आउँदैमा सुरक्षा व्यवस्था सहज हुन्छ भन्ने होइन, मुख्य कुरा के कारणले यो अवस्था आयो भन्ने सम्झनु उचित हुन्छ । सुरक्षाकर्मीको रुपमा रहेका संसद भवनका मर्यादापालक वा विभागीय प्रमुखले संसदले बनाए अनुसारको नीति नियम लागू गर्ने हो, उनीहरुलाई त्योभन्दा थप अधिकार दिइएको हुँदैन । संसद भवन प्रवेश गर्न पाउने अधिकार प्रयोग गर्दै त्यहाँ पुगेका उनीहरुले संसदीय प्रक्रियालाई असर हुने गरी आन्दोलन गरेका भए त्यो बेग्लै कुरा हुन्छ ।
सरकार र राजनीतिक पार्टीले लघुवित्तपीडितको कुरालाई बेवास्ता गरेको परिणाम नै हो यो । जनताको सेवामा दिनरात खटिने सुरक्षाकर्मीलाई पटक पटक आरोप लगाउनु भनेको उनीहरुको पेशाप्रतिको अपमान नै हो । उनीहरुले आफ्नो जिम्मेवारी पूरा गरेनन् वा कर्तव्य पालना गरेनन् भनें जिम्मेवारीबाट हटाउनु वा अन्यत्र सरुवा गरिनु स्वभाविकै हो तर बिनाकारण कसैलाई कारबाही गरिने प्रयास हुन्छ भनें त्यो गलत परिपाटी हो । गत पौषको दोस्रो साता ललितपुरको बालकुमारी भएको घटनामा दुई युवाको मृत्यु भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा तोडफोड र आगजनी गरेको भन्दै प्रहरीको लाठी प्रहारबाट ती युवाको मृत्यु भएको भनिएको छ । यदी प्रहरीले अनावश्यक रुपमा बल प्रयोग गरेको हो भनें त्यसको पनि निश्पक्ष छानबिन हुनुपर्छ । यो घटनामा मन्त्रीलाई मुख्य दोषी देखाइएको छ । आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन गए ? भन्ने प्रश्न जोडदार रुपमा उठेको छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री ज्वालाको राजीनामा मागेको छ, उनी राजीनामा दिने पक्षमा छैनन् । यसबारे बनाइएको प्रतिबेदनले पनि मन्त्रीलाई दोषी देखाइएको छ । घटनामा दोषी मन्त्रीलाई कारबाही गर्नुको सट्टा प्रधानमन्त्री मन्त्रीको उल्टै बचाउ गर्दै आएका छन् । प्रतिबेदन अध्ययनका लागि मन्त्रीको समिति बनाइएको छ । एक मन्त्रीले अर्को मन्त्रीलाई कारबाही गर्नुपर्छ भनेर निश्कर्ष निकाल्ने सम्भावना छैन त्यसैले मन्त्री ज्वालालाई कुनै पनि कारबाही हुने देखिँदैन । राजनीतिक स्वार्थ पूरा नहुने भएपछि अरुलाई र सुरक्षा निकायलाई दोषी देखाएर आफू उम्किने राजनीतिक परिपाटी निकै खतरनाक बन्दै गएको छ ।

55 Views

ताजा

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने

२०८१ माघ २८ गते, सोमबार

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने

२०८१ माघ २८ गते, सोमबार

बालेनलाई प्रभु साहले लगाए गुण्डागर्दीको आरोप

२०८१ माघ २७ गते, आईतवार

मन्त्री बन्ने तरखरमा छैनौँः उपेन्द्र यादव

२०८१ माघ २७ गते, आईतवार

प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत

२०८१ माघ २७ गते, आईतवार

नेसपाको प्रथम महाधिवेशन सुरु, ठूला राजनीतिक दललाई बहिष्कार

२०८१ माघ २७ गते, आईतवार

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने

२०८१ माघ २७ गते, आईतवार

जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

२०८१ माघ २७ गते, आईतवार

इमेज सहकारीका अध्यक्ष नेपालीले फिर्ता गरे बचतकर्ताको एक करोड

२०८१ माघ २७ गते, आईतवार

उपेन्द्र पदको लागि नर्कै जान्छन्ः जसपा नेता श्रेष्ठ

२०८१ माघ २७ गते, आईतवार

अब रारामा पर्यटक प्रहरी

२०८१ माघ २७ गते, आईतवार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal