राजनीतिक नेतृत्व पन्छिँदा प्रहरी दोषी
गणेश जि.सी.
अधिकांश घटनामा राजनीतिक नेतृत्व चोखिने र अरुलाई मात्रै दोषी देखाइने गरेको छ । राजनीतिका कारण नै हरेक प्रकारका आन्दोलन वा संघर्ष हुने गरेका छन् । सजिलो हुँदा दलहरुले हामीहरु सधैं जनताको पक्षमा छौं भन्ने गर्छन् तर अप्ठ्यारो परिस्थितिमा भनें उनीहरु साइड लाग्ने गरेका छन् । राजनीतिक नेतृत्वले मानिसमा भएका असहमति मिलाउन नसक्दा पटक पटक समस्या आउने गरेको छ ।
केही दिनअघि लघुवित्तपीडित संसद भवन नयाँ बानेश्वर प्रवेश गरे । उनीहरुले त्यहाँ गएर आफ्ना माग राखेका थिए । उनीहरु त्यहाँ प्रवेश गरेको विषयलाई लिएर संसद र प्रहरी प्रशासनले सुरक्षा व्यवस्था खलबलिएको निश्कर्ष निकालेको थियो । सभामुख देवराज घिमिरेले साँझ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग यो विषयमा जानकारी लिएका थिए । त्यसपछि सुरक्षा व्यवस्थामा खटिएका केही प्रहरीलाई हटाइयो र त्यहाँ नयाँ भर्ना गरियो । नयाँ समूह आउँदैमा सुरक्षा व्यवस्था सहज हुन्छ भन्ने होइन, मुख्य कुरा के कारणले यो अवस्था आयो भन्ने सम्झनु उचित हुन्छ । सुरक्षाकर्मीको रुपमा रहेका संसद भवनका मर्यादापालक वा विभागीय प्रमुखले संसदले बनाए अनुसारको नीति नियम लागू गर्ने हो, उनीहरुलाई त्योभन्दा थप अधिकार दिइएको हुँदैन । संसद भवन प्रवेश गर्न पाउने अधिकार प्रयोग गर्दै त्यहाँ पुगेका उनीहरुले संसदीय प्रक्रियालाई असर हुने गरी आन्दोलन गरेका भए त्यो बेग्लै कुरा हुन्छ ।
सरकार र राजनीतिक पार्टीले लघुवित्तपीडितको कुरालाई बेवास्ता गरेको परिणाम नै हो यो । जनताको सेवामा दिनरात खटिने सुरक्षाकर्मीलाई पटक पटक आरोप लगाउनु भनेको उनीहरुको पेशाप्रतिको अपमान नै हो । उनीहरुले आफ्नो जिम्मेवारी पूरा गरेनन् वा कर्तव्य पालना गरेनन् भनें जिम्मेवारीबाट हटाउनु वा अन्यत्र सरुवा गरिनु स्वभाविकै हो तर बिनाकारण कसैलाई कारबाही गरिने प्रयास हुन्छ भनें त्यो गलत परिपाटी हो । गत पौषको दोस्रो साता ललितपुरको बालकुमारी भएको घटनामा दुई युवाको मृत्यु भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा तोडफोड र आगजनी गरेको भन्दै प्रहरीको लाठी प्रहारबाट ती युवाको मृत्यु भएको भनिएको छ । यदी प्रहरीले अनावश्यक रुपमा बल प्रयोग गरेको हो भनें त्यसको पनि निश्पक्ष छानबिन हुनुपर्छ । यो घटनामा मन्त्रीलाई मुख्य दोषी देखाइएको छ । आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन गए ? भन्ने प्रश्न जोडदार रुपमा उठेको छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री ज्वालाको राजीनामा मागेको छ, उनी राजीनामा दिने पक्षमा छैनन् । यसबारे बनाइएको प्रतिबेदनले पनि मन्त्रीलाई दोषी देखाइएको छ । घटनामा दोषी मन्त्रीलाई कारबाही गर्नुको सट्टा प्रधानमन्त्री मन्त्रीको उल्टै बचाउ गर्दै आएका छन् । प्रतिबेदन अध्ययनका लागि मन्त्रीको समिति बनाइएको छ । एक मन्त्रीले अर्को मन्त्रीलाई कारबाही गर्नुपर्छ भनेर निश्कर्ष निकाल्ने सम्भावना छैन त्यसैले मन्त्री ज्वालालाई कुनै पनि कारबाही हुने देखिँदैन । राजनीतिक स्वार्थ पूरा नहुने भएपछि अरुलाई र सुरक्षा निकायलाई दोषी देखाएर आफू उम्किने राजनीतिक परिपाटी निकै खतरनाक बन्दै गएको छ ।
ताजा
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





