राप्रपाका प्रदेशसभा सांसद यादव निलम्बित
बुटवल । राप्रपाबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादव निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कपिलवस्तु क्षेत्र ३ ९२० बाट निर्वाचित यादवलाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाई विशेष अदालतमा दायर गरेपछि लुम्बिनी प्रदेशसभाबाट स्वतः निलम्बन गरिएको प्रदेश सभाले जनाएको हो ।
लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले आज एक विज्ञप्ति जारी गर्दै कपिलवस्तुस्थित गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्यूफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा गोलमाल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन ८ गते मुद्दा दायर गरेकोले उक्त मुद्दाको किनारा नलाग्दासम्म स्वतः निलम्बन गरिएको जनाएका छन् ।
आयोगले लुम्बिनी प्रदेशका प्रदेश सांसद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७४÷०७५ मा गौतमबुद्ध साझेदारी वनमा ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरूसँग मिलेमतो गरेर बिक्री गरेको अभियोग उनीहरूमाथि छ । ८०३ वटा रुखहरू काट्दा त्यसबाट निस्किएको ३५ हजार ७ सय ७८ दशमलव १० क्यूफिट काठ र ४९।२३ क्विन्टल चट्टा दाउरा सङ्कलन गर्नुपर्नेमा नापजाँच मूल्याङ्कन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन सङ्कलन भएको देखाएर भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ । लुम्बिनी प्रदेशका सांसद यादवको हकमा २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा बिगो कायम गरी कैदसजायको मागदाबी गरिएको छ ।
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





