आजदेखि कांग्रेस महासमिति बैठक

२०८० फाल्गुन ७ गते, सोमबार

काठमाडौं। आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुँदैछ। गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ। सो महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्।

आजबाट सुरू हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूको उपस्थिति रहने छ।

प्रचार बिभाग प्रमुख मिनबहादुर विश्वकर्माका अनुसार गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइ अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण प्रतिवेदनलगायत पेस हुने भएका छन्।

यसरी प्रस्तुत भएका प्रतिवेदनमाथि समुहगत छलफल गरी बैठकबाट निष्कर्ष निकालिने भएको छ। बैठक फागुन १० गतेसम्म चल्नेछ।

यसैबीच कांग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा वकालत गर्नेहरूको मत बढ्दै गइरहेको छ। गत शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेसका २२ केन्द्रीय सदस्यले पूरक प्रस्ताव पेस गर्दै सनातन हिन्दूराष्ट्रको पक्षमा उभिने गरी प्रस्ताव बनाउन पार्टीको ध्यानाकर्षणसमेत गराएका थिए।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शंकर भण्डारीसहितका नेताले हिन्दूराष्ट्रको लागि अब निरन्तर महाअभियान नै अगाडि बढाउने भन्दै घोषणापत्र नै जारी गरेका थिए। यसले नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्र बनाउनुपर्ने आवाज क्रमशः ठूलो बन्दै गइरहेको देखिएको छ।

केही समय पहिला कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गणतन्त्रको विकल्प सोच्न नसकिए पनि हिन्दूराष्ट्रको विषयमा भने पुनर्विचार गर्न सकिने अभिव्यक्ति सार्वजनिक मञ्चबाटै दिएको थियो। जसकारण पनि कांग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा रहेका विचारहरू खुल्दै गइरहेको देखिएको हो।

कांग्रेसको महासमिति बैठकका सहभागी नेतामध्ये ६० जनाले बोल्न पाउने भएका छन्। सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने बैठकको तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।

ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको छ। महासमितिमा सहभागी सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइनेछ।’

133 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal