शिवरात्रीको समयमा एक सातासम्म पशुपतिमा विश्वशान्ति महायज्ञ चल्दै

काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध, किराँत ३ वटै धर्म विधिअनुसार पितृहरुको उद्धारको कामनासहित पाठपूजा गरिने कार्डमा उल्लेख छ । साथै प्रवचन, दैनिक हवन, रासलिला, भजनकीर्तन, ताण्डव नृत्य, धामीझाँक्री पनि प्रदर्शन गरिने भएको छ । महायज्ञमा हिन्दु, बौद्ध र किराँत ३ वटै धर्मका धेरै गुरुहरु एक सातासम्मै उपस्थित रहनेछन् ।
हिन्दु, बौद्ध, किराँत एकताको सन्देश सहित यो महायज्ञको आयोजना गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनको अध्यक्ष खगेन्द्र पोख्रेल बताउँछन् । “हाम्रो देश नेपाल संस्कृति र प्रकृतिमा विश्वमै धनी देश हो । बहुल जाती, बहु भाषा, बहु धर्म, बहु संस्कृत भएको हाम्रो देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता आजको आवश्यकता रहेको छ ।” अहिले धर्म धर्म बिच दुरी बढ्दै गईरहेको बेला यो महायज्ञले धार्मिक एकतालाई अझ मजवुत बनाई एकअर्को धर्मको सम्मान, सद्भाव र एकता कायम राख्न सहयोग गर्ने उनले बताए । यो विश्वशान्ति महायज्ञ धार्मिक रुपमा मात्रै नभई राष्ट्रिय र विश्वव्यापी रुपमै आवश्यक र महत्व रहेको उनको भनाई छ । महायज्ञको लागि पूर्व युवराज्ञी हिमानी शाहलाई भेटेरसमेत निमन्त्रणा दिईसकेको र अन्य विशेष व्यक्तिहरुको उपस्थिति रहने पोख्रेल बताउँछन् ।
यस महायज्ञलाई शिवसेना नेपालले विशेष साथ दिएको छ । नेपालबाट युवाहरु दैनिक विदेश पलायन भईरहेको समयमा केही युवाहरुले यस्तो विशेष कार्यक्रम आयोजना गर्न लागेको देखेर आफुले साथ दिएको शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) बताउँछन् । यो महायज्ञ विश्व र नेपालको सन्दर्भमा आजको समयमा अति नै आवश्यक रहेको छ । यसले धार्मिक सद्भाव, सहिष्णुता र एकतालाई बचाईराख्ने मात्रै नभई विश्वमै राष्ट्रिय गौरव बढाउने भएकाले यस्तो कार्यक्रमलाई नेपाल सरकारले नै आयोजना र सहयोग गर्नुपर्ने बताए । यो पवित्र र महत्वपूर्ण कार्यक्रममा सबैले सहयोग गरेर साथ दिनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रमलाई सफल बनाएरै छाड्ने संस्थाका सचिव कुवेर गौतम बताउँछन् । भगवानको कृपाले सहयोगी हातहरु बढ्दै गएको र निस्वार्थ सहयोग गर्न चाहनेहरुका लागि पनि सहयोगको ढोका खुल्लै रहेको गौतम बताउँन् । विश्वशान्ति महायज्ञ व्यवस्थापन समितिको अध्यक्षमा सिर्जना कार्की, सचिवमा सन्देश श्रेष्ठ, सहसचिवमा नितु घिमिरे र कोषाध्यक्षमा खेम खरेल रहेका छन् । गत वर्षको भन्दा यो वर्षको कार्यक्रम भव्य र बृहत् हुने कोषाध्यक्ष खरेल बताउँछन् । कार्यक्रमको व्यवस्थापनमा कमजोरी नहोस् भनेर हामीले नयाँ कार्यसमति नै गठन गरेर लागि परेका छौँ । स्वयंसेवकहरु नै तीन दर्जनभन्दा बढी उपस्थित रहने उनी बताउँछन् ।
विश्वकै ठूलो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथमा रहेर यो हामीले विश्वशान्ति महायज्ञ गर्न पाउनु नै ठूलो कुरा हो । यसले विश्वमै शान्ति फैलियोस् भनेर हिन्दुमात्र नभएर बौद्ध, किराँत तिन ओटै पूजाविधिअनुसार नै पितृउद्धारको कामना सहित कार्य गरिने हुँदा महायज्ञ महत्वपुर्ण भएको संस्थाका सदस्य त्रिलोचन सुवेदीले बताए । कार्यक्रमको क्रिएटीभ पार्टनरको रुपमा ऐना आर्टस् रहेको छ ।
ताजा

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
शिक्षक आन्दोलन आज पनि जारी रहने
२०८२ बैशाख १६ गते, मंगलवार
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
२०८२ बैशाख १६ गते, मंगलवार
सुरु भयो जानकी जन्मोत्सव
२०८२ बैशाख १६ गते, मंगलवार
वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक
२०८२ बैशाख १६ गते, मंगलवार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार