लोकतान्त्रिक गणतन्त्र सात दशकको संघर्षबाट प्राप्त महत्वपूर्ण उपलब्धि होः राष्ट्रपति

२०८० फाल्गुन ७ गते, सोमबार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताएका हुन्।

“राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात(अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, शुभकामना सन्देशमा राष्ट्रपतिले भनेका छन्, ‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित छ।’

लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने हामीले बिर्सन नहुनेमा राष्ट्रपति पौडेलले जोड दिएका छन्।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै सन्देशमा राष्ट्रपतिले प्रजातन्त्र दिवसले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अंगलाई लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपतिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गरेका छन्।

33 Views

ताजा

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal