तामाङ फाउण्डेशन नेपालका अध्यक्ष घिसिङद्वारा विद्यार्थीलाई झोला वितरण

२०८० फाल्गुन १ गते, मंगलवार

काभ्रेपलाञ्चोक। तामाङ फाउन्डेसन नेपालले जिल्लाभित्रको कर्णाली भनेर चिनिने खानीखोला गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई झोला बितरण गरेको छ।

‘कला, संस्कृति, भाषा, लिपि,साहित्य, धर्म, भेषभुषा हाम्रो पहिचान,तामाङ एकताको साझा मुद्दा तामाङ फाउण्डेसन नेपालको अभियान’ भन्ने मुल नारासहित ६ बर्ष अघि तामाङ समुदायको साझा संस्थाको रूपमा स्थापित सो संस्थाले आइतबार श्री सीता आधारभूत विद्यालय, श्री रक्त आधारभूत विद्यालय, श्री गणेश आधारभूत विद्यालय,श्री ज्वालादेवी आधारभूत विद्यालय र श्री बुद्ध माध्यमिक विद्यालय झोला वितरण गरेको हो।

झोला बितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङ फाउण्डेशन नेपालका केन्द्रीय अध्यक्ष एवं आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष अरुण घिसिङले लामो समयदेखि उत्पीडनमा परेका तामाङ समुदायका ब्यक्तिलाई नीति निर्माण तहमा पुर्‍याउनु आवश्यक रहेको बताउनुभयो।

छिमेकी जिल्ला धादिङको सिम्खडा वस्तीमा एउटाको कुखुराको निहुँमा भएको खनियावास बिद्रोहमा ११ जना तामाङले वलिदान गरेको स्मरण गर्दै वहाँले वास्तविक लोकतन्त्र प्राप्तिका लागि अझै सशक्त आन्दोलनको आवश्यकता औंल्याउनुभयो।आफुलाई लोकतान्त्रिक दावी गर्ने दलहरुको भ्रष्ट र बिकास बिरोधि हर्कतले मुलुक जर्जर अवस्थामा पुगेको बताउंदै उनले कथित लोकतन्त्रबादीहरुले भ्रष्टाचार गरेर थुपारेको धन कब्जा गर्नुको विकल्प नरहेको वहाँको भनाई थियो।

झोला वितरण कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य इन्दिरा वाईबा, साहित्यकार एवं आम जनता पार्टीका स्थायी समिति सदस्य योगेश राल्फाली, आम आदिवासी जनजाति महासङ्घका अध्यक्ष पासाङ घिसिङ तामाङ, आम जनता पार्टीका केन्द्रीय सदस्य प्रशान्त केसी तिमिल्सिना, आम जनता पार्टीका केन्द्रीय सदस्य एवं नेपाली कथानक चलचित्र” फिरौती”का कार्यकारी निर्माता रुपेश योञ्जन तामाङ, आम जनता पार्टीका केन्द्रीय सदस्य एवं नेपाली कथानक चलचित्र” फिरौती”का निर्देशक रमेश विशुङ्खे र समाजसेवी छेसाङ लामाको सहभागी थियो ।

कार्यक्रमको सभापतित्व श्री रक्त आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जननिर्वाचित वडा सदस्य रोहन रुम्बाले र सञ्चालन श्री रक्त आधारभुत विद्यालयका शिक्षक नेत्र बहादुर स्याङ्तनले गर्नु भएको थियो। कार्यक्रममा स्वागत एवं धन्यवाद मन्तव्य श्री रक्त आधारभुत विद्यालयका प्रधानध्यापक रत्न घिसिङले गर्नुभएको सो संस्थाले जनाएको छ।

166 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal