भूमाफियाविरुद्ध सरकारले शुरू गरेको अभियान रोकिन्न– प्रधानमन्त्री

२०८० माघ २९ गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमाफियाविरुद्ध सरकारले शुरू गरेको अभियान नरोकिने बताएका छन् । काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठकको दोस्रो दिन सम्बोधन गर्दै प्रचण्डले सरकारी जग्गा हडप्नेविरुद्धको अभियान नरोकिने बताएका हुन् । ‘बालुवाटारको ललिता निवास काण्डदेखि शुरू भएको भूमाफिया विरुद्धको अभियान अहिले पनि चलिरहेको छ,’ प्रचण्डले भने, ‘सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाउँछ, चाहे भूमाफिया हुन् कि सुन तस्कर ।’

सरकारले बाँसबारी छाला जुता कारखानाको सरकारी जग्गा हडप्नेविरुद्ध कारबाही शुरू गरेको छ । बाँसबारीको नाम नलिई प्रचण्डले भूमाफियाँविरुद्ध सरकारले शुरू गरेको अभियान नरोकिने बताएका हुन् ।

प्रधानमनत्री प्रचण्डले सरकारले जनताको मन जित्नेगरी सरकारका नीति तथा कार्यक्रम र बजेटको गृहकार्य गरिरहेको बताए । ‘अर्थतन्त्र दबाबमा रहेको बेला अनेक उपाय अपनाएर जनतालाई विश्वास र भरोसा दिलाउनुपर्छ, सरकारको कामको प्रचार तपाईहरूले गर्नुस ।’ यसअघि प्रदेश इन्चार्जहरूले सरकारको कामका कारण जनता उत्साहित नरहेको गुनासो गरेका थिए ।

155 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal