ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’
म्याग्दी । म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रूपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिस्पर्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उनको भनाइ छ ।
म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसँगै राष्ट्रियस्तरका लोक दोहोरीमा समेत थुप्रै पटक पुरस्कार हात पार्न सफल भएकी ६४ वर्षीया थापाले रेकर्ड भएका सङ्गीतमा गीत गाउने र रेकर्ड गरिएका सङ्गीतको ट्र्याकमा गीत गाउने प्रचलनले नेपाली मौलिक संस्कृतिको रूपमा रहेको प्रतियोगितात्मक प्रत्यक्ष लोक दोहोरी गीत ओझेलमा परेको बताएकी हुन् ।
उनले चाडपर्वलाई लक्षित गरेर आयोजना हुने मेला, महोत्सवमा परम्परागत लोक दोहोरीको रौनक हराएर जान थालेको गुनासो गरिन् । उनले भनिन्, “परम्परागत रूपमा मेला पर्वका सांस्कृतिक कार्यक्रममा प्रत्यक्ष लोकदोहोरी पहिलो प्राथमिकतामा पर्ने गर्थ्यो । लोक दोहोरीलाई धेरैले रुचाउने गर्थे । ” दोहोरी गाउने कलाकारले मेला पर्वबाटै आफ्नो प्रतिभा प्रस्फुटन र पहिचान गर्ने अवसर पाउने गरेकोमा पछिल्लो समय लोक दोहोरी गाउने र वाद्यवादन बजाउने सीप हराउँदै गएको अग्रज गायिका थापा बताउँछिन् ।
“मैले गाउँमा आमाहरूले रोधी गाउँदा गीत गाउन थालेको थिएँ, १५ वर्षको उमेरमा नै तत्कालीन अञ्चलस्तरीय प्रतियोगितामा प्रथम भएको थिएँ, पछि नेपालगञ्जमा भएको राष्ट्रिय प्रतियोगितामा पनि हाम्रो टिम प्रथम भयो, धौलागिरि क्षेत्रका मेलामा थुप्रै पटक पुरस्कार जितेका थियौँ, तर आजभोलि मेला महोत्सवमा स्थानीयस्तरका दोहोरी प्रतियोगिता निकै कम मात्रामा भएको देखिन्छ”, उनले भनिन् । बेनीको माघेसङ्क्रान्ति मेला, गलेश्वरको सतबिज छर्ने मेला, बरङ्जाको धुलेमेला, राखुभगवतीको बडादसैँ मेला र बागलुङको चैतेदसैँमा लोक दोहोरी गीत सुन्न भीड नै लाग्ने गरेको उनको भनाइ थियो ।
प्रत्यक्ष दोहोरीमा माया प्रेम, सद्भाव, नाता सम्बन्ध, घरदेखि अन्यका कथा सुनेर मनोरञ्जन लिन टाढा टाढाबाट आएका सर्वसाधारणले दोहोरीका सवाल–जवाफ र घोचपेचलाई छलफल र बहसको विषयसमेत बनाउने गरेको उहाँ स्मरण गर्नुहुन्छ । तत्कालीन समयमा रेडियो नेपालमा समेत स्वर परीक्षणमा उत्तीर्ण भएकी गायिका थापाले सालैजो, अबिजाले मायाँ, साइलो भाकालगायतका आधा दर्जन बढी म्याग्दी जिल्लालाई चिनाउने गीतसमेत रेकर्ड गरी बाहिर ल्याएकी छन् । विसं २०४० को दशकमा म्याग्दीमा थापासँगै कृष्ण पौडेल, बीरबहादुर कार्की, नरबहादुर बिसीलगायतका कलाकारहरु गण्डकी क्षेत्रमै लोकदोहोरी गाउने चर्चित कलाकारको रूपमा परिचित थिइन् । बेनी–६ का अग्रज लोक दोहोरी कलाकार कृष्ण पौडेलले प्रत्येक्ष दोहोरी गाउने संस्कृति गाउँबाट लोप हुँदै गएको बताइन् ।
“म शिक्षणको क्रममा घर छाडेर अर्मन पुगेपछि दोहोरी गाउन सिकेको हुँ, त्यहाँ टोल टोलमा रोदी बस्ने चलन थियो, रेडियोमा बज्ने गीत सुनेर रोधिमा गाउँदागाउँदै गीतबाट जवाफ फर्काउन सक्ने क्षमता विकास भएको थियो, स्थानीय, अञ्चलस्तर हुँदै राष्ट्रियस्तरका प्रतियोगितामा पनि हामीले धेरै पुरस्कार जितेका थियौँ”, उनले भनिन् । गायिका थापा र गायक पौडेलले बागलुङको चैतेदसैँ मेलामा लगातार प्रथम पुरस्कार हात पारेपनि उहाँहरूले सहभागी हुन नै छाड्नुपरेको थियो । शिक्षणमा ३७ वर्ष बिताउनुभएका ६१ वर्षीय पौडेलले दुई दशकसम्म प्रत्यक्ष लोकदोहोरी गाएका थिए । “मैले लामो समय प्रत्यक्ष दोहोरी गाएँ, तर गीत नै रेकर्ड भने गराउने मेसो मिलेन, त्यतिबेला गाउँगाउँका मेलामा दोहोरी गीत गुञ्जन्थ्यो, हिजोआज रेकर्डका गीतले मेला महोत्सवमा बढी ठाउँ पाउन थालेका छन्, यसले गर्दा परम्परागत नेपाली मौलिक संस्कृतिको रूपमा परिचित लोक दोहोरी गाउँगाउँबाट हराउने अवस्थामा पुगेको छ”, पौडेलले भने ।
तत्कालीन समयमा मेला पर्वमा प्रतियोगी लोक दोहोरीसँगै रातभर रोधि बसेर गाउने चलनसमेत थियो । म्याग्दीमा हरेक वर्ष एक सय बढी ठाउँमा मेला पर्व, महोत्सव आयोजना हुने गर्छन् । तर मेला महोत्सवमा स्थानीय लोक दोहोरी प्रतियोगिता वीरलै मात्रामा आयोजना हुने गरेका छन् । म्याग्दी लोक दोहोरीमा उर्वर भूमिको रूपमा समेत चिनिन्छ । पछिल्लो पुस्ताबाट लोक दोहोरी गायक गायिकाको रूपमा पहिचान बनाउन सफल कलाकार कृष्ण परियार, कुलदीप जुग्जाली, सोभा कार्की, सुमी घिमिरे सापकोटा, राम गगन, राजन भुजेललगायतले जिल्लाकै मेलाबाट आफ्नो गायन यात्रा सुरु गरेका थिए ।
मौलिक मनोरञ्जन, प्रतिभाको पहिचान र प्रस्फुटनमा परम्परागत रूपमा हुने प्रत्यक्ष दोहोरी प्रतियोगिताको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका गण्डकी प्रदेश सदस्य अमित विश्वकर्मा बताउँछन् । “मेला महोत्सवमा स्टेज प्रस्तुतिको व्यापकता बढेको छ, परम्परागत रूपमा हुँदै आएको लाइभ दोहोरीको संस्कृति ओझेलमा पर्दै गएको छ, तर पछिल्लो समय म्याग्दीमा त्यसको खोजी र संरक्षणमा चासो पनि उत्तिकै बढेको पाएको छु”, उनले भने । हालै बेनीमा महिला उद्यम विकास समितिले आयोजना गरेको जिल्लास्तरीय खुला दोहोरी गीत प्रतियोगितामा विभिन्न १० समूहले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा नयाँ नयाँ कलाकारले राखेको दोहोरी घम्साघम्सीले दोहोरी गाउने प्रतिभा जिल्लामा प्रस्फुटन र पहिचानको पर्खाइमा रहेको पुष्टि हुने उनको भनाइ छ । (रासस)
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





