‘सुपर मम’ले जितिन् मिसेस ट्यालेन्ट
क्यानडा। क्यानडामा हालै सम्पन्न भएको मिसेस नेपाल क्यानडा नामक सौन्दर्य प्रतियोगितामा बर्मामा जन्मेकी एमी कर्माचार्यले मिसेस ट्यालेन्ट जितेकी छन् भने श्रृष्टि श्रेष्ठ मिसेस् नेपाल क्यानडा भएकी छिन्।
क्यानडाको ब्राम्टन शहरमा विमेन एजुकेसन एण्ड स्किल डेभलपमेण्ट अर्गनाइजेसन र नेपाल फेसज होमले संयुक्तरुपमा आयोजना गरेको सो प्रतियोगिताको ग्य्राण्ड फिनालेमा चारसयभन्दा बढी नेपाली समुदायको सहभागिता रहेको बताइएको छ।
क्यानडास्थित नेपाली राजदूतावासकी कार्यवाहक राजदूत रोजिना ताम्राकारको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मिसेस ट्यालेन्टकी विजेता एमी कर्माचार्यको पृष्ठभूमि सबैको चासोको विषय भएको थियो। कर्माचार्य बर्मामा जन्मिएकी नेपाली मूलकी चेली हुन्।
उनले कर्मथलो थाइल्याण्डलाई बनाएकी थिइन्। सन् २०१९ मा नेपालमा सम्पन्न पहिलो सुपर मम नेपाल भन्ने प्रतिष्पर्धामा उनी सुपर मम विजेता बन्न सफल भएकी थिइन्। क्यान्सर रोगसँग लडेर त्यसबाट विजयी बनेकी उनी लगातार एकपछि अर्को सौन्दर्य प्रतियोगिताहरुमा विभिन्न टाइटलकी विजेता बन्दै आएकी छिन्। मिसेस नेपाल क्यानडाको यो प्रतिष्पर्धामा पनि उनी मिसेस ट्यालेन्ट नामक टाइटल जित्न सफल भएकी छिन्।
प्रतिष्पर्धामा सहभागी हुँदादेखि नै उनले क्यान्सर रोगसँग लड्न सकिने र यसका लागि हौसलाको जरुरी भएको भन्दै विभिन्न भिडियोहरु पनि सार्वजानिक गरेकी थिइन्। उनले ब्रेष्ट क्यान्सर पीडितहरुलाई बेष्ट प्रोष्थेसिस बनाएर वितरण गर्ने योजना बनाएको बताएकी छन् । उनी क्यान्सरविरुद्धको लडाइमा जनचेतना जगाउने कार्यमा निरन्तर लागिरहने बताउँछिन्।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





