‘सुपर मम’ले जितिन् मिसेस ट्यालेन्ट

२०८० माघ २६ गते, शुक्रबार

क्यानडा। क्यानडामा हालै सम्पन्न भएको मिसेस नेपाल क्यानडा नामक सौन्दर्य प्रतियोगितामा बर्मामा जन्मेकी एमी कर्माचार्यले मिसेस ट्यालेन्ट जितेकी छन् भने श्रृष्टि श्रेष्ठ मिसेस् नेपाल क्यानडा भएकी छिन्।

क्यानडाको ब्राम्टन शहरमा विमेन एजुकेसन एण्ड स्किल डेभलपमेण्ट अर्गनाइजेसन र नेपाल फेसज होमले संयुक्तरुपमा आयोजना गरेको सो प्रतियोगिताको ग्य्राण्ड फिनालेमा चारसयभन्दा बढी नेपाली समुदायको सहभागिता रहेको बताइएको छ।

क्यानडास्थित नेपाली राजदूतावासकी कार्यवाहक राजदूत रोजिना ताम्राकारको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मिसेस ट्यालेन्टकी विजेता एमी कर्माचार्यको पृष्ठभूमि सबैको चासोको विषय भएको थियो। कर्माचार्य बर्मामा जन्मिएकी नेपाली मूलकी चेली हुन्।

उनले कर्मथलो थाइल्याण्डलाई बनाएकी थिइन्। सन् २०१९ मा नेपालमा सम्पन्न पहिलो सुपर मम नेपाल भन्ने प्रतिष्पर्धामा उनी सुपर मम विजेता बन्न सफल भएकी थिइन्। क्यान्सर रोगसँग लडेर त्यसबाट विजयी बनेकी उनी लगातार एकपछि अर्को सौन्दर्य प्रतियोगिताहरुमा विभिन्न टाइटलकी विजेता बन्दै आएकी छिन्। मिसेस नेपाल क्यानडाको यो प्रतिष्पर्धामा पनि उनी मिसेस ट्यालेन्ट नामक टाइटल जित्न सफल भएकी छिन्।

प्रतिष्पर्धामा सहभागी हुँदादेखि नै उनले क्यान्सर रोगसँग लड्न सकिने र यसका लागि हौसलाको जरुरी भएको भन्दै विभिन्न भिडियोहरु पनि सार्वजानिक गरेकी थिइन्। उनले ब्रेष्ट क्यान्सर पीडितहरुलाई बेष्ट प्रोष्थेसिस बनाएर वितरण गर्ने योजना बनाएको बताएकी छन् । उनी क्यान्सरविरुद्धको लडाइमा जनचेतना जगाउने कार्यमा निरन्तर लागिरहने बताउँछिन्।

101 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal