प्रमुख दलका नेताहरूका कारण देश असफलः प्रभु साह

२०८० पुष १५ गते, आईतवार

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरूका कारण देश असफल भई आर्थिक संकट गहिरिँदै गएको बताएका छन् ।

आजपाद्वारा पर्साको पोखरियामा आज आयोजित पार्टी प्रवेश एवं कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिँदै गएका कारण विभिन्न समस्या देखा परेको बताएका हुन् ।

ुकांग्रेस, माओवादी, एमाले लगायत दलका नेताहरू सत्ता प्राप्तिको दौडमा हुनुहुन्छ । समृद्धि, सुशासन कसरी कायम गर्न सकिन्छ, नेपाली जनताका चाहना कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा सोच्ने उहाँहरूलाई फुर्सद छैन,ु अध्यक्ष साहले भने, ुसत्तामा कसरी पुग्ने, सरकार बनाउने र ढाल्ने खेलमा लागेका नेताहरूले रोजगार सृजना गर्न सकेनन् । त्यसैले आज बेरोजगारी बढेको छ । भ्रष्टाचार, कुशासन बढेको छ । देशमा आर्थिक संकट गहिरिँदै गएको छ । रोजगार खोजिरहेका युवालाई सरकारले रोजगार दिन सकिरहेको छैन । रोजगारका लागि विदेश जान्छु भन्ने युवाहरूलाई सरकारले गोली हानेर हत्या गर्ने दृश्य हामी देखिरहेका छौं ।ु

यी नेताहरूको सत्ता मोहकै कारण यो व्यवस्था असफल भएको बताउँदै उनले समृद्ध नेपाल निर्माणका लागी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुको विकल्प नभएको बताए ।

एक अर्को प्रसंगमा आजपा अध्यक्ष साहले वीरगंजसहित पूरै मधेसलाई उजाड बनाउने काम उपेन्द्र यादवले गरेको बताउँदै उपेन्द्रलाई मधेसबाट बहिष्कार गरी दण्डित गर्नुपर्ने भनाइ राखे ।

देशकै आर्थिक राजधानी रहेको वीरगंजसहित मधेसलाई तहसनहस गर्दै बर्बाद गरेर उजाड बनाउने काम उपेन्द्रले गरेको उनले बताए ।

दलितका आवास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरू सत्तामा बसेर लुट मचाइरहको आरोप साहले लगाए । संघीय सरकारसहित मधेश प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उनले सुशासन, समृद्धिका लागि भ्रष्टाचारका विरुद्धमा सशक्त आवाज उठाउनुपर्ने बताए ।

बैंकहरूले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरूबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका विषयमा आजपाले आवाज उठाउँदै आएको छ । यसलाई पूरा गराउन आजपाले घोषणा गरेको माघ १० गतेको मधेस बन्दको कार्यक्रमलाई सफल बनाउन आह्वान गरिएको छ ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal