सन् २०२३ मा विश्वभर १२० पत्रकार मारिए

२०८० पुष १५ गते, आईतवार

काठमाडौं । सन् २०२३ मा विश्वभर १ सय २० पत्रकार र सञ्चारकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) ले आइतबार जारी गरेको प्रतिवेदन अनुसार मारिनेमा ११ महिला पत्रकार छन् ।

आईएफजेले गत ८ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवस अघि मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो जसमा ९४ जनाको हत्या भएको उल्लेख थियो । वर्षको अन्त्यमा यो संख्या १२० पुगेको हो । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा भइरहेको युद्धका कारण थप मृत्युको संख्या बढेको आईएफजेले जनाएको छ ।

पत्रकारहरूले स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न पाउने सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व हो तर यस वर्षको घातक तथ्याङ्कहरूले पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षाको सवाललाई नराम्रो रूपमा चित्रण गरेको आईएफजेका महासचिव महासचिव एन्थोनी बेलाङ्गरले भनेका छन् ।

यस वर्ष मारिएका पत्रकारहरूमा गाजा द्वन्द्वमा मारिने ६८ प्रतिशत छन् । गाजा युद्धका कारण ७५ प्यालेस्टिनी, चार इजरायली, तीन लेबनानी पत्रकार मारिए । सिरियामा तीन सञ्चारकर्मी मारिएका छन् ।

एसिया प्यासिफिक क्षेत्रमा भारतमा ३, अफगानिस्तानमा २ , फिलिपिन्समा २, बङ्गलादेशमा २, पाकिस्तानमा २ र चीनमा १ पत्रकार मारिएका छन् ।

उत्तर र दक्षिण अमेरिकामा गरी तीन मेक्सिकन, एक पाराग्वे, तीन ग्वाटेमाला, एक कोलम्बियन, एक होन्डुरस र एक अमेरिकी पत्रकार मारिए । आईएफजेले विश्वका सरकारहरूलाई पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न अन्तर्राष्ट्रिय बाध्यकारी महासन्धिलाई तुरुन्तै अपनाउन आह्वान गरेको छ ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal