२५ रुपैंया मासिक बचतबाट थालनी भएको तौडोलछाप मन्दीमा समेत नाफामा

२०८० पुष १६ गते, सोमबार

भक्तपुर । सामुदायिक अवधारणाका साथ स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा रहेको छ ।
सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचत कर्ताहरूले आफ्नो मासिक २५ रुपैंया मासिक बचतबाट थालनी गरेको यो संस्थाले आफ्नो १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सामुदायिक वनमा काम गर्ने ३० युवा तथा महिलाहरुले सामुदायिक अवधारण अपनाउँदै समुदायको पैसा बाहिर छरिएको देखेपछि समुदायको पैसा समुदायमा नै जम्मा गर्नु पर्छ र एक अर्कालाई सहयोग गर्नु पर्छ भन्दै मासिक २५ रुपैंयाका दरले २०६३ साल देखि जम्मा गर्न थालेका थिए । बचत बढ्दै गयो र अन्य सदस्यहरूले पनि यसमा चासो देखाएपछि वनको नै नाममा तौडालछाप सहकारीका रूपमा ६६ सालमा यस संस्थाले मूर्त रूप लिएको थियो ।
३० जना बचत कर्ताले थालनी गरेको यस संस्थामा हाल ९८९ सदस्य रहेका छन् । सहकारीको अघिल्लो वर्ष कुल पुजी तथा दायित्व १० करोड ९६ लाख ३५ हजार ६ सय ६७ रुपैंया रहेकोमा यो वर्ष बढेर १२ करोड ८ लाख ५ हजार ६ सय ६२ पुगेको छ ।
नेपालमा नै वनको आधारमा सामुदायिक वन कर्मीहरूले स्थापना गरेको पहिलो सहकारीको रूपमा रहेको तौडोलछापले आगामी वर्ष आफ्नो पूजीँ १५ करोड भन्दा बढी पुञ्याउने लक्ष्य रहेको जनाएको छ ।
सहकारीको साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य किरण थापामगरले तौडोलछाप जस्ता सहकारीका कारण सहकारीको साख जोगिएको बताउनुभएको थियो । जसरी समुदायका आधारमा चलेको तौडोल छाप यस्तो विषम परिस्थितिमा पनि नाफामा नै गएको छ र सहकारी हाल सम्म समस्या ग्रस्त हुनु परेको छैन अन्य सहकारीले पनि समुदायमा नै आधारित भएर काम गरेमा कुनै पनि सहकारी समस्या ग्रस्त नहुने उहाँले बताउनुभयो ।
साधारण सभामा सूर्यविनायक नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत , भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कान्छाभक्त धोजु, सामुदायिक वन उपभोक्ता समितिका केन्द्रीय सदस्य रोमश्वर बोहरा, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाका सभापति हरिशरण बस्नेत, गणेश माविका प्रबन्धक रवीन्द्र कुमार थापा, टोल सुधार समिति खानेपानी समितिहरू तथा सहकर्मी सहकारी संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सहकारीको प्रगति प्रतिवेदन तथा भावी रणनीतिका विषयमा सचिव राकेश थापाले आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिम्रता लोहनी बस्नेतले, लेखा प्रतिबेदन लेखा सुपरिवेक्षण समितिका संयोजक शिवजी त्वानाबासुले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व अध्यक्ष दीपेन्द्र कुमार थापाले गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा जेष्ठ नागरिक बचत कर्ता, उत्कृष्ठ बचत कर्ता तथा ऋणी, उत्कृष्ठ बाल बचत कर्ता, नारी बचत कर्ता सम्मान समेत गरिएको थियो ।
यस्तै कार्यक्रममा रगत अभावलाई मध्यनजर गर्दै सहकारीले नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहयोगमा रक्तदान कार्यक्रम समेत गरेको थियो ।

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal