धेरैभन्दा धेरै दिन दुःखी असहायहरुको सेवा गर्ने लक्ष्य छ

२०८० पुष ६ गते, शुक्रबार

रिमा सापकोटा
सञ्चालक, रिमा सेवा समाज
बुढानिलकण्ठ–७, गोल्फुटार, काठमाडौं
रिमा सेवा समाज स्थापना गर्ने सोच कसरी बन्यो ?
म आफैं सानैदेखि दिन दुःखी असहाय प्रति अति चिन्तित हुन्थें र केही गर्नुपर्छ भन्ने भावको स्वभावले यस धर्तिमा आएकी छोरी हुनाले न्यम न्षत हो ।
यो सेवा समाज आफ्नै सोच बिचारले वा कसैको प्रेरणाले स्थापना गर्नुभयो ?
–आफ्नै सोच विचार भगवानको कृपाले हो, अन्य कसैको प्रेरणा छैन । सानैदेखि अरुप्रति पीडाबोध हुने गरेकोले सेवा भावमा नै म आफूलाई समर्पित गर्ने सोच लिएकीले यो संस्था स्थापना गरेकी हुँ ।
यो सेवा समाज कहिले स्थापना भएको हो ?
– यो रिमा सेवा समाज स्थापना भएर ४ वर्ष पूरा भई ५ वर्षमा लाग्यो ।
यो सेवा समाजले के–के काम गर्दै आईरहेको छ ?
– हाम्रो संस्थाले सडक पेटिमा अलपत्र परेका, आफ्ना र आफन्तदेखि अपहेलित भएका कैयौं मानवहरुको उद्धार गरी कैयौलाई परिवारको खोजी गरी पुनर्मिलन, केहीको विवाह, बिरामीहरुको स्वास्थ्य उपचार र केही वितेकाहरुको लागि सदगद दाहसंस्कार अनि साना नानीहरुलाई शिक्षा र सबैलाई लालन पालन गर्दै आएको छ ।
सेवा समाजको भावी दिनमा अन्य कामहरु गर्ने उद्देश्यहरु पनि छन् कि ?
–यस सेवा समाजलाई अझै राम्रो व्यवस्थित गरेर अलि फराकिलो पारी धेरै भन्दा धेरै दिन दुःखी असहायहरुको सेवा गर्ने लक्ष्य लिएकी छु ।
यस सेवा समाजमा कति जना आश्रित हुन पाउनु भएको छ ?
– हामी कहाँ अहिले ६२ जना हुनुहुन्छ ।
सेवा समाजमा आश्रय लिन आफैं आउनु भएको कि कतैबाट उद्धार गरि ल्याउनु भएको हो ?
– प्रायः सडकबाट, कतिपय प्रहरी प्रशासनद्वारा अनि अन्य गाउँ ठाउँबाट वडाका वडा अध्यक्षज्यूहरुको सिफारिसद्वारा नै उद्धार गरी ल्याइएको छ ।
यस सेवा समाजले उद्दार गरि आश्रयमा कुन–कुन जिल्लाबाट ल्याउनु भएको छ ?
– यस समाजमा कुन जिल्ला कुन ठाउँ भन्ने नै छैन । शायद सातै प्रदेश ७७ वटै जिल्लाबाट बेवारिसे हुनु भएका मानवहरु यहाँ आइपुग्नु भएको छ ।
यस सेवा समाजले उद्धार गरि ल्याएकाहरुलाई पछि आफन्तले खोजिनीति गरि घर लग्न भन्दै अनुरोध गर्न आउनु भएको छ त ?
– उद्धार पछि हामीले नै विभिन्न सामाजिक संजालमा पोष्ट गरेर परिवारको खोजी गरेर पत्ता लगाई परिवारसँग पुनर्मिलन गराउन सफल भएका छौं धेरै जनालाई । यसो गर्दा पनि परिवारको पत्ता लगाउन नसकेकाहरु र लिन नआएकाहरु चाहिँ यही सेवा समाजमा बस्नुहुन्छ ।
यस सेवा समाजले अम्बिका गजुरेललाई उद्धार गरि ल्याउनु भयो र बिबाह पनि गरिदिनु भयो, त्यस बारेमा थोरै बताई दिनोस न ?
– हो, अम्बिका दाइलाई त्यस्तो अवस्थामा हुँदा कि जोकोही उहाँलाई देख्दा डराएर भाग्थे । त्यस्तो अवस्थामा उद्धार गरेर पुलमुनीबाट ल्याउँदा ट्याक्सीले आश्रमसम्म ल्याउन समेत हिचकिचाएका थिए । त्यस्तो अवस्थाबाट उद्धार गरेर ल्याएर ३ महिनाभित्र उहाँको विवाह समेत गरेर नयाँ जीवन दिन पाउँदा ज्यादै नै खुशी छु ।
यहाँले वैदेशिक रोजगारीमा पनि जानू भई अनुभव बटुल्नु भएछ, वैदेशिक रोजगारीमा झेल्नु भएको दुःख कष्ट र खुशी बारे थोरै बताईदिनोस न ।
–विदेशी भूमिमा गएर भोको पेटले कयौं दिन काम गर्न विवश बनें । अनि साना बालबच्चा छोडेर गएकी थिएँ । उनीहरुको यादमा तड्पिएर एउटी आमाले भोगेको पीडा अति नै कष्टपूर्ण थियो भने त्यहाँ गएर दुःख गरेर आफ्नो कमाईले आफना सन्तानको लागि खुशीका दिन ल्याउन सकेर आफू बलियो सक्षम भई समाजको लागि केही गर्न सक्ने बन्न पाएँ, यो एकदम खुशीको कुरा हो ।
रिमा सेवा समाज हाल के कसरी चलिरहेको छ र यहाँ आश्रित रहनु भएकाहरुका लागि आवश्यकता टार्न कसरी सहयोग पाउनु भएको छ वा आफैंले व्यवस्थापन गर्दै आउनु भएको छ ?
– सेवा समाज आफ्नै पहलमा घर दैलो मुठी दान, अनि कहिले कसैको जन्म दिन, कसैको एनभर्सरीको अवसरमा कसैले खाना खुवाउने, कसैले पितृको नाममा यस्तै दाताहरुको भरमा नै थेग्दै आएकी छु । भाँडामा चामल, तरकारी नहुँदा कहिले आफैं सेवा उठाउन पनि हिड्छु तरकारी चामलहरु ।
सेवा समाज वा वृद्धाश्रमप्रति नेपाल सरकारको के कस्तो सहयोग रहेको पाउनु भएको छ ? र सरकारको तर्फबाट के गरिदिए राम्रो हुन्थ्यो भन्ने लाग्छ यहाँलाई ?
– आजसम्म सरकारबाट केही सहयोग लिन पाएको छैन । बासको लागि बस्ने ठाउँको नै निकै कठिन भएको हुँदा एउटा बासको व्यवस्था मात्र राम्रोसँग सरकारको तर्फबाट भईदिए मलाई सेवा गर्न निकै सजिलो हुन्थ्यो भन्ने लाग्छ ।
यहाँको भावी लक्ष्य र उद्देश्य चाहिँ के हो ? बताउन मिल्छ कि ?
– सेवामा नै जिन्दगीलाई समर्पित गरेकी छु । यही सेवा समाजलाई राम्रो व्यवस्था गरेर यहाँ हुनुभएका बृद्धबृद्धा, असहाय बाबा आमाहरुलाई धेरै खुशी दिन सकौं, यही लक्ष्य र कामना छ ।
अन्तमा आफूलाई मनमा लागेका र भन्न छुटेका केही छन् कि ?
– धन्यवाद, आफ्ना भनाईहरु राखेर मन हलुका बनाउन पाएँ । हजुरहरु सबैको साथ सपोर्ट माया रिमा सेवा समाज परिवारले पाइराखौं ।

292 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal