साढे तीन वर्षभित्र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने बालेन आशावादी

२०८० मंसिर २९ गते, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अबको साढे तीन वर्षभित्र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने बताएका छन् ।

शुक्रबार २९औँ महानगर दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न सहयोगको आग्रह गर्दै अबको साढे तीन वर्षभित्र फोहोरको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताए ।

‘हामीले गर्ने केही काम अझै बाँकी छन् । त्यसमा काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरू मध्ये तीनवटा विशेष कामहरू छन् । तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ,’ उनले भने, ‘फोहर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षका लागि व्यवस्थापन गर्नुपर्ने पनि छ । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीन कुराको व्यवस्थापन गर्न सकिन्छ । साढे तीन वर्षभित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’

139 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal