प्रधानमन्त्रीकी नातिनी प्रतिभा विवाह बन्धनमा

२०८० मंसिर २९ गते, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक शुक्रबार विवाह बन्धनमा बाँधिदैछिन् । प्रतिभाको गोरखाका विज्ञानबाबु रेग्मीसँग विवाह हुन लागेको हो ।

गोकर्ण फरेस्ट रिसोर्टमा अहिले विवाहको भव्य तयारी भइरहेको छ । मंसिर १२ गते उनीहरूबीच ‘इन्गेजमेन्ट’ अर्थात टीकाटालो भएको थियो । विवाह समारोहमा प्रचण्डका पारिवारिक सदस्य, सरकारका मन्त्रीहरू, उच्च तहका कर्मचारीहरू, संवैधानिक प्रमुख, पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न दलका शीर्ष नेताहरू लगायतलाई निमन्त्रणा गरिएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए ।

रेनु प्रचण्डकी माइली छोरी हुन् । प्रतिभाले बेलायतबाट उच्चशिक्षा लिएकी छिन् । अर्थशास्त्री बिज्ञानबाबुले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन् । विवाहमा जन्ती आउनेक्रम जारी रहेकाले केहीबेरमा लगन कार्य सुरु हुने दाहालले जानकारी दिए । विवाह परम्परागत नभइ छोटकारीमा हुने उनले बताए ।

46 Views

ताजा

अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै

२०८२ जेष्ठ ३० गते, शुक्रबार

अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै

२०८२ जेष्ठ ३० गते, शुक्रबार

एयर इन्डिया दुर्घटनाः कम्तीमा २९० को मृत्यु

२०८२ जेष्ठ ३० गते, शुक्रबार

अनेरास्ववियु निर्वाचनः अध्यक्षमा कडरिया निर्वाचित

२०८२ जेष्ठ ३० गते, शुक्रबार

इजरायलद्वारा इरानमाथि आक्रमण, इजरायलमा आपतकालीन अवस्था घोषणा

२०८२ जेष्ठ ३० गते, शुक्रबार

तीनकुने घटनाः दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा

२०८२ जेष्ठ ३० गते, शुक्रबार

नेपाल सोतोकान कराते डो संघ SKDUN का खेलाडीहरु मलेसिया प्रस्थान

२०८२ जेष्ठ २९ गते, बिहीबार

कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग

२०८२ जेष्ठ २५ गते, आईतवार

राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय

२०८२ जेष्ठ २५ गते, आईतवार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)

२०८२ जेष्ठ २४ गते, शनिबार

लोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal