प्रधानमन्त्रीकी नातिनी प्रतिभा विवाह बन्धनमा

२०८० मंसिर २९ गते, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक शुक्रबार विवाह बन्धनमा बाँधिदैछिन् । प्रतिभाको गोरखाका विज्ञानबाबु रेग्मीसँग विवाह हुन लागेको हो ।

गोकर्ण फरेस्ट रिसोर्टमा अहिले विवाहको भव्य तयारी भइरहेको छ । मंसिर १२ गते उनीहरूबीच ‘इन्गेजमेन्ट’ अर्थात टीकाटालो भएको थियो । विवाह समारोहमा प्रचण्डका पारिवारिक सदस्य, सरकारका मन्त्रीहरू, उच्च तहका कर्मचारीहरू, संवैधानिक प्रमुख, पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न दलका शीर्ष नेताहरू लगायतलाई निमन्त्रणा गरिएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए ।

रेनु प्रचण्डकी माइली छोरी हुन् । प्रतिभाले बेलायतबाट उच्चशिक्षा लिएकी छिन् । अर्थशास्त्री बिज्ञानबाबुले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन् । विवाहमा जन्ती आउनेक्रम जारी रहेकाले केहीबेरमा लगन कार्य सुरु हुने दाहालले जानकारी दिए । विवाह परम्परागत नभइ छोटकारीमा हुने उनले बताए ।

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal