मानव अस्तित्व रहेसम्म बुद्धको दर्शन जीवित रहन्छः प्रधानमन्त्री

२०८० मंसिर २६ गते, मंगलवार

नवलपरासी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अस्तित्व रहँदासम्म बुद्धदर्शन जीवित रहने बताएका छन् ।

विश्वशान्तिको कामना गर्दै पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आज आयोजित विशेष कार्यक्रममा उनले विश्वशान्ति आजको आवश्यकता रहेको बताउँदै हामी यो सन्देश विश्वभर फैलाउन सफल भएको उल्लेख गरे ।

भगवान गौतमबुद्धले दिएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि भएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले त्यस अवसरमा रामग्राम स्तुप विकासको गुरुयोजना कार्यान्वयनको प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले रामग्राम स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने बताए । यस कार्यक्रमले विश्वशान्तिका लागि ठूलो सन्देश दिने भन्दै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेस र आफूले लुम्बिनीमा विश्वशान्तिको कामनाका लागि प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे ।

“आजको कार्यक्रमले विश्वसामू नयाँ सन्देश जाने मात्र होइन, रामग्राम स्तूप र समग्र लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ”, प्रधानमन्त्री दाहालले भने ।

99 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal