अभियन्ता ईः विरुद्ध स्थानीयको प्रदर्शन

२०८० मंसिर २६ गते, मंगलवार

काठमाडौं । फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयकोे विरोधमा आन्दोलन गर्न लागेका अभियन्ता ईः विरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् ।

फुटपाथ व्यवसायीलाई हटाउने महानगरको निर्णय उचित भएको र यसको विरोध गर्न नहुने भन्दै स्थानीयहरुले अभियन्ता ईः विरुद्ध प्रदर्शन गरेका हुन् ।

फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरको निर्णयविरुद्ध अभियन्ता ईःले महानगरपालिकाको प्रांगणमा उभिएर प्रदर्शन गर्न खोजेका थिए । तर स्थानीयहरुले सडकमा व्यापार गर्न नपाईने भन्दै अभियन्ता ईः विरुद्ध नै प्रदर्शन गरेका थिए ।

स्थानीयको प्रदर्शनपछि सुरक्षाकर्मीले महानगरभित्र अभियन्ता ईः लाई सुरक्षा दिएर राखेको थियो । त्यसपछि कडा सुरक्षाकाबीच सुरक्षाकर्मीले अभियन्ता ईः लाई त्यहाबाट निकालेको थियो ।

महानगरपालिकाले मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार क्षेत्रमा फुटपाथ राख्न निषेध गरेको थियो । तर अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने भन्दै उभिएर विरोध गर्न खोजेका थिए ।

यसअघि पनि काठमाडौं महानगरले फुटपाथ व्यवसायीलाई हटाउने निर्णय गर्दा अभियन्ता ईःले राष्ट्रिय सभागृहबाहिर १ सय ९९ घण्टा उभिएर विरोध जनाएका थिए । त्यसपछि काठमाडौं महानगर र अभियन्ता ईः बीच सम्झौता भएको थियो ।

115 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal