जनतालाई सधैं गुमराहमा राख्ने प्रयास

२०८० मंसिर २२ गते, शुक्रबार

गणेश जि.सी.
जुनसुकै सरकार र व्यवस्था आए पनि जनताको पक्षमा त्यो कहिले पूरा हुन सकेको छैन । निर्वाचनका बेला मिठो नारा लगाउने दलहरु पनि सरकारमा गएपछि जनताको भावनाविपरीत काम गर्ने भएकाले जनता भनें कुन दल र कुन व्यक्ति ठिक हो भन्ने छुट्याउन नसक्ने अवस्थामा पुगेका छन् ।

दलहरुले सधैं जनताको पक्षमा गुलियो आश्वासन दिने गरेका छन् । एकपटक, दुइपटक झुक्किए भन्दैमा अब जनता सधैं झुक्किने र अलमलिने पक्षमा छैनन् तर नेताहरुले भनें जनतालाई सधैं कमजोर सोच्दै आएका छन् । नेताहरुले आफूलाई शासक र जनतालाई भनें अत्यन्तै कमजोर ठान्दै आएका छन् । अरुबेला जनताको शक्ति कमजोर भए पनि निर्वाचनका बेला उनीहरुको शक्तिले मानिसलाई कहाँ पु¥याइदिन्छ भन्ने उनीहरुले राम्रोसँग भोगेका छन् । निर्वाचनका बेला सानो अनुहारमा ‘म्याउँम्याउँ’ आउने धेरैजसो नेता निर्वाचन जितेपछि साँढेजस्तो गर्जने गर्छन्, जसको परिणाम भोग्न उसले अर्को निर्वाचनसम्म पर्खनैपर्ने हुन्छ । कतिपय नेता भनें पदको जिम्मेवारी पाएपछि सधैं जनताको घरदैलोमा नै हुन्छन् जसले गर्दा जनताले अर्को निर्वाचनमा फेरि पनि पत्याउन सक्छन् ।

जनताले नेता र सरकारसँग कहिल्यै पनि ठूलो अपेक्षा गरेका हुँदैनन् तर सानोभन्दा सानो काम पनि नहुने भएकाले मात्र जनताको गुनासो बढी सुन्नुपरेको थियो । जनतालाई कतै अप्ठ्यारो परेको बेला नेताले थोरै बोलिदियो भनें पनि उनीहरुको लागि ठूलो आशा हुन्छ । कतिपय कानुनी र व्यावहारिक झन्झटले गर्दा सर्वसाधारण हैरान भएका हुन्छन् । आफूले जिताएको वा पत्याएको प्रतिनिधिले भनिदिएको खण्डमा काम सहज हुन्छ र कामै नभए पनि उसले कमसेकम उ मेरो पक्षमा रहेछ भन्ने महसुश गर्न पाउँछ । पछिल्लो समयमा नेता र जनताबीचको दूरी बढ्दै गएको छ । जुनसुकै शासन व्यवस्था आए पनि आफूहरुको अवस्थामा सुधार हुँदैन भन्ने बुझेका जनताले अबको अवस्था कस्तो हुन्छ र आफूहरु कसरी सहज ढंगले जीविकोपार्जन गर्न सकिन्छ भन्ने चिन्ता गरिरहेका छन् । हिजो राजसंस्था हुँदा जनताका अधिकार खोसिए भनेर नेताले नारा लगाए होला नि त त्यसो भए भनेर जनता पनि गणतन्त्र ल्याउने आन्दोलनमा लागे, फेरि यो व्यवस्था पनि उस्तै रहेछ भनेर अहिले सबैले भनेका छन् त्यसैले जनता भनें विकल्प खोज्दाखोज्दै सधैं अलमलमा परेका छन् ।

121 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal