सत्यनारायण मानन्धरको ‘ङेङापा झ्यःया दरबार’ बोलको गीत हेर्ने दर्शक दिनानुदिन बढ्दै

२०८० मंसिर १८ गते, सोमबार

केके मानन्धर
नेपाल भाषाको ‘ङेङापा झ्यःया दरबार’ बोलको गीत चार दिनमै अरचालीस हजार भन्दा बढी दर्शकले हेरिएको छ । भक्तपुरको विश्वप्रसिद्ध ५५ झ्याल दरबार तथा तत्कालीन राजा रणजित मल्लको प्रेम सम्बन्धलाई वर्णन गरी तयार गरिएको गीतलाई युट्यूबमार्फत हेर्ने दर्शनहरु दिनानुदिन बढिरहेको छ ।
जनकवि दुर्गालाल श्रेष्ठको रचना र न्ह्यू बज्राचार्यको संगीतमा तयार गरिएको गीतलाई सत्यनारायण मानन्धरले गाएका हुन् । उनले यसअघि पनि थुप्रै गीत गाएका छन् । गीत र संगीत क्षेत्रमा दसकौं अनुभव संगालेर फरक विधाका गीतमा आवाज भरिसकेका मानन्धरले १७ औं शताब्दीको नेपाल भारत दौत्य सम्बन्ध प्रतिबिम्बित हुनेगरी दुई देशका प्रेमी प्रेमिकाको विषयमा तयार गरिएको गीत गाएका हुन् । तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भादगाउँका महाराज रणजित मल्लको प्रेम सम्बन्ध, अलौकिक ५५ झ्यालको दरबार, भादगाउँकै विभिन्न ठाउँहरुको विषय गीतमा बर्णन गरिएको छ । केही दिन अघि औपचारिक कार्यक्रममार्फत प्रिमियर गरिएको म्युजिक भिडियोको लागि भक्तपुरकै विश्व सम्पदामा सुचिकृत विभिन्न ठाउँमा सुटिङ गरिएको छ ।


रजनी केसीले निर्माण गरेको म्युजिक भिडियोलाई रियल टाइम स्वरुपमा ढाल्न निर्देशक विश्वास बज्राचार्य र सहनिर्देशक विजनराज बज्राचार्यले निकै मिहिनेत गरेको देखिन्छ । काठमाडौंको जमलस्थित डोरेमी स्टुडियोमा रेकर्ड गरिएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने गीतको लागि श्याम बागदासले मिक्सिङ गरेका छन् । गीतलाई भानुभक्त ढकालले रेकर्ड गराउन प्राविधिक सहयोग गरेका छन् । म्युजिक भिडिायोमा कलाकार कर्मा शाक्य र रोजिना सुवालया मुख्य अभिनय रहेको छ ।


केही दिनअघि भक्तपुरमा औपचारिक कार्यक्रममार्फत प्रिमियर गरिएको गीतलाई लगत्तै युट्यूबमा अपलोड गरिएको हो । कार्यक्रममा भक्तपुर नगरपालिकाया मेयर सुनिल प्रजापति, जनकवि दुर्गालाल श्रेष्ठ, स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरया प्रमुख अरुणा नकर्मी, संस्कृति अध्येता ओम धौभडेल, म्युजिक भिडियोकी निर्माता रजनी केसी, निर्देशक विश्वास बज्राचार्य, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, कवि विप्लप प्रतिक, लेखक प्रकाश साय्मि, लक्ष्मण पलिखेल लगायतको सहभागिता सहभागिता थियो ।

121 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal