हेरिटेज प्याजेन्टस् सम्पन्न, भेनेजुएला र जापानलाई मुख्य उपाधि

काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् प्याजेन्टस् सम्पन्न भएको छ । थाइल्याण्डको राजधानी शहर बैंककस्थित ईएससी पार्क होटलको अडिटोरियममा भव्यता पूर्वक सम्पन्न सो प्रतियोगितामा मिसेस् तर्फ भेनेजुएलाकी उआंदर जिर्लेथ कासानोभाले विजेताको ताज पहिरिन सफल भएकी छिन् । मुख्य उपाधि सहित उनले मिसेस् पर्सनालिटीको अवार्ड पनि जित्न सफल भइन् ।
मिस तर्फ जापानकी एरिका हाराले विजेताको ताज पहिरिन सफल भएकी छिन् । उनले प्रतियोगितामा मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्ड पनि आफ्नो पक्षमा पार्न सक्षम रहिन् । प्रतियोगितामा मिसेस् तर्फ स्वीडेनकी म्याडेलिन वालग्रेन भिकेरी फस्ट रनर्स अप, न्युजिल्याण्डकी एली स्मीथ लाइन्स सेकेन्ड रनर्स अप, मंगोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड रनर्स अप तथा केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्स अपका रुपमा चयन भएका थिए । यसैगरी मिस तर्फ नाइजेरियाकी टे«सी सोलोमोन फस्ट रनर्स अप, मेक्सिकोकी भ्यानेली उलेट सेकेन्ड रनर्स अप, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड रनर्स अप तथा रसियाकी बेला टोट्रोभा फोर्थ रनर्स छनौट भएका थिए ।
नेपालका सन्तोष सापकोटा अध्यक्ष रहेको ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजना संचालन भएको सो प्रतियोगिताको संयोजनमा सुसान कोह थिइन् । प्रतियोगिताको कोरियोग्राफरका रुपमा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज कोरियोग्राफर वेस्ली श थिए । कार्यक्रमको संचालन पनि रोजिनले नै गरेका हुन् । प्रतियोगिताको अफिसियल फोटोग्राफरका रुपमा बेन्जी योङ थिए भने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि दुर्गा बिशुराल, आशिष कँडेल र पूर्व मिसेस हेरिटेज फोन्तिप श्रीवारान्योको संयोजन थियो भने टिनिडी गल्फ होटल बैंककको कार्यक्रम अफिसियल होटलका रुपमा रहेको थियो ।
प्रतियोगिता मिस मिसेस्का अतिरिक्त हेरिटेज प्लस, हेरिटेज पटिट, हेरिटेज जेम्स गरी विभिन्न विधाहरुको पनि यसैवर्ष देखि शुरुवात गरिएको थियो ।
सो प्रतियोगितात्मक कार्यक्रममा आर्टिस्टिक निर्देशक विमल सुवेदी, मिसेस् मलेसिया युनिभर्स २०१४ की विजेता एस्थर चिन, मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ की विजेता फोन्टिप सुवर्णयु, वल्र्ड ब्युटी प्याजेन्ट अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबि नादिर तथा मिस हेरिटेज इन्टरनेसनल २०२२ की विजेता एना किरिलिनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा थाईल्याण्डका कहलिएका नृत्य कलाकारहरुले जोडदार प्रस्तुतिबाट मनोरञ्जन प्रदान गरेका थिए ।
ताजा

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने
२०८१ माघ २८ गते, सोमबार
फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने
२०८१ माघ २८ गते, सोमबार
बालेनलाई प्रभु साहले लगाए गुण्डागर्दीको आरोप
२०८१ माघ २७ गते, आईतवार
मन्त्री बन्ने तरखरमा छैनौँः उपेन्द्र यादव
२०८१ माघ २७ गते, आईतवार
प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत
२०८१ माघ २७ गते, आईतवार
नेसपाको प्रथम महाधिवेशन सुरु, ठूला राजनीतिक दललाई बहिष्कार
२०८१ माघ २७ गते, आईतवार
ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने
२०८१ माघ २७ गते, आईतवार
जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’
२०८१ माघ २७ गते, आईतवार
इमेज सहकारीका अध्यक्ष नेपालीले फिर्ता गरे बचतकर्ताको एक करोड
२०८१ माघ २७ गते, आईतवार
उपेन्द्र पदको लागि नर्कै जान्छन्ः जसपा नेता श्रेष्ठ
२०८१ माघ २७ गते, आईतवार
अब रारामा पर्यटक प्रहरी
२०८१ माघ २७ गते, आईतवारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार