फिल्म ‘मायाबी’को छायांकन सम्पन्न

२०८० मंसिर १८ गते, सोमबार

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो । फिल्मको छायांकन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुशी साटेको थियो ।

यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको छायांकन सकिएसँगै निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले, यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिने बताएका छन् ।

फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको सह–निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् ।

फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । यो फिल्मले पोखरा केन्द्रित कथा भन्छ । राम्रो टिम भएकाले राम्रोसँग छायांकन सकियो, अब फिल्मको पोष्ट प्रोडक्शनको काम सकाएपछि प्रदर्शन मिति तय गर्ने निर्देशक भट्टराईले बताएको छ ।

101 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal