आइसिसी विश्वकपः भारतको कमजोर प्रदर्शन

२०८० मंसिर ३ गते, आईतवार

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाविरुद्ध भारतले पाचौं विकेट गुमाएको छ । उसले पाचौं विकेटको रूपमा रवीन्द्र जडेजालाई गुमाएको हो । उनी जोश हेजलउडको बलमा ९ रनमा आउट भए ।

भारतले चौथो विकेटका रूपमा विराट कोहलीलाई ५४ रनमा गुमायो । उनलाई कप्तान प्याट कमिन्सले बोल्ड गरे ।
कोहलीले ५६ बलमा चार चौकासहित अर्धशतक पूरा गरेका थिए । यो विश्वकपमा कोहलीको यो पाचौं अर्धशतक हो ।

भारतले १ सय रन नजोड्दै तीन विकेट गुमाएपछि कोहली र केएल राहुलले पारी सम्हाले । भारतले तेस्रो विकेटको रूपमा श्रेयस अय्यरलाई गुमायो । उनलाई प्याट कमिन्सले ४ रनमै आउट गरे ।

भारतले दोस्रो विकेटको रूपमा कप्तान रोहित शर्मालाई गुमायो । उनलाई ग्लेन म्याक्सवेलले ४७ रनमा क्याच आउट गरे । अर्का ओपनर शुभमन गिल मिचेल स्टार्कको बलमा ४ रनमै क्याच आउट भए ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले यो समाचार तयार पार्दा ३७ ओभरमा ५ विकेट गुमाएर १७९ रन बनाएको छ ।

116 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal