गणतन्त्र कि राजतन्त्र !

२०८० मंसिर ३ गते, आईतवार

गणेश जि.सी.

पछिल्लो समयमा गणतन्त्र ठिक राजतन्त्र भन्ने वहस चुलिएको छ । हिजोका दिनमा राजसंस्था हुँदा राजसंस्थाले एकलौटी गरेको र अनावश्यक रुपमा राष्ट्रको ढुकुटी दुरुपयोग गरेको आरोप लगाएका दलहरुले अहिले गणतन्त्रलाई बद्नाम गरेका छन् । हिजो एउटा राजा हुँदा भएको सरकारी खर्चभन्दा अहिले कैयौं गुणा बढी खर्च भएको छ । सरकार अहिले दैनिक खर्च धान्न नसकेर संकटमा पर्दै गएको छ । अर्थतन्त्रका सूचकहरु नकारात्मक हुन थालेका छन् भनें मानिसको आम्दानी पनि घट्दै गएको छ । संविधान बनेपछि आएको संघीयताको व्यवस्थाले देश चुर्लुम्मै डुबेको छ । प्रदेश सरकार सञ्चालनमा पनि धेरै खर्च भएको छ । प्रदेशका मुख्यमन्त्री, मन्त्री, उनीहरुका पीए र अन्यलाई दिने तलबभत्ता नै खर्चिलो बनेको छ । प्रदेशले आफ्नो भूमिका देखाउन नसक्दा प्रदेशप्रति गुनासो बढ्दै गएको छ । स्थानीय सरकारले जनताको अधिकांश काम गर्ने हुँदा प्रदेश घाँडो भएको तर्क गर्न थालिएको छ । स्थानीय तह र केन्द्रमा टिकट नपाउने पार्टीका कार्यकर्तालाई धन्क्याउने ठाउँ प्रदेश बनेको छ । देशको आर्थिक अवस्था दिनैपिच्छे कमजोर बनिरहँदा सरकारले आफ्नो उपस्थिति देखाउन सकिरहेको छैन । नाममात्रैको सरकार भएकाले त्यो ‘अर्थ न बर्थ’ को बनेको छ । संघीयतासँगै अब त राजतन्त्र ठिक कि गणतन्त्र? भन्ने वहस नै चलेको छ । गणतन्त्रका कारण नै यस्तो प्रकारको विकृत्ति आएको टिप्पणी गर्न थालिएको छ । राजसंस्थाको पक्षधरहरु सडकमा निस्केर ‘राजा आउ, देश बचाउ’ भन्न थालेका छन् । उनीहरु अझै पनि राजसंस्थाको अन्त्य नभएको दाबी गर्नसमेत पछि पर्दैनन् । उनीहरुले सम्पूर्ण राजावादी एक हुने हो भनें गणतन्त्रवादीहरुले हार खाने भन्न थालेका छन् । राजसंस्थालाई मान्नेहरुबीचमा पनि एकमत हुन सकेको छैन । नेतृत्व गरेकाहरु सबै आफैंलाई नै राजा समान मान्दै आएका छन् । उनीहरुमा देखिएको बेमेलको फाइदा गणतन्त्रवादीहरुले उठाइरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले आफ्नो पक्षमा बोल्ने र अभियान चलाइदिने उपयुक्त पात्रको खोजीमा छन् । हिजोका दिनमा राप्रपा नेपाल रहँदा कमल थापाले राजसंस्थाको पुनर्वहाली गर्छु भनेर अभियान चलाएका भए पनि उनले पनि आफूबाट सक्दो फाइदामात्रै लिएको शाहपक्षको भनाई रहेको छ । २०७० सालमा समानुपातिक सांसद छनौट गर्दादेखि नै शाह र थापाको सम्बन्ध बिग्रिएको थियो । त्यतिबेला थापाको नेतृत्वमा भएको राप्रपा नेपालले समानुपातिकतर्फ संविधानसभामा २४ सिट पाएको थियो तर पनि शाह पक्षसँग त्यसअघि भएको सहमतिअनुसार थापाले शाहका मान्छेलाई संविधानसभा सदस्यमा छनौट गरेनन् । शाहलाई प्रयोग गरेर फाइदा लिनेको संख्या धेरै भए पनि उनको पक्षमा साँच्चै लाग्नेको संख्या कमै छ । केही पाइन्छ कि भनेर अभियान चलाउनेलाई शाहले पत्याएका छैनन् । राप्रपाले पनि राजसंस्थाको पक्षमा वकालत गर्दै आएको छ तर पनि राप्रपाको छनक पनि त्यति राम्रो देखिँदैन ।

पूर्वराजा शाह अहिले पछिल्लो गतिविधिलाई नजिकबाट हेरेर बसिरहेका छन् । उनी विभिन्न चाडपर्वमा देशवासीलाई शुभकामना दिने गर्छन् । उनले दिएका शुभकामनामा सधैं देश र जनताप्रति चिन्तित भएको भान हुन्छ त्यसैले पनि सच्चा राष्ट्रवादी त ज्ञानेन्द्र नै पो रहेछन् भन्ने झल्को आउनु पनि स्वभाविकै हो । ज्ञानेन्द्रले देशमा विपत् पर्दा पनि दुःख व्यक्त गरेका छन् । ज्ञानेन्द्रले प्रकाशित गरेका विज्ञप्तीप्रति पनि पार्टीका नेताले असन्तुष्टि राख्दै आएका छन् । २०६४ सालको संविधानसभाले नेपालमा गणतन्त्र आएको घोषणा गरेको थियो । २०६५ साल जेष्ठ १५ गते घोषणा गरिएको गणतन्त्रले १५ वर्ष शासन गरिसकेको छ तर पनि जनताको मन छुन नसक्नु उसको कमजोरी बनेको छ । ज्ञानेन्द्रले कसैलाई पनि आफ्नो पक्षमा सडकमा निस्किन आव्हान गरेका छैनन्, स्वतस्फूर्त रुपमा निस्किएका समर्थकहरु देख्दा ज्ञानेन्द्र मख्ख परेका छन् । गणतन्त्र घोषणा भएपछि तत्कालीन राजा ज्ञानेन्द्र राजदरवार छोडेर हिँडेकामा धेरैले यसलाई सकारात्मक रुपमा लिएका छन् । ज्ञानेन्द्र मठमिन्दर र विभिन्न तिर्थस्थलमा जाँदा उर्लिएको जनलहर देख्दा गणतन्त्रवादीहरु हैरान भएका छन् ।

यति सानो देशमा गणतन्त्र धान्न सक्दैन भनेर विश्लेषकले भन्दै आएका छन् । दलका नेताहरुले भनें सधैं गणतन्त्र नौलो अभ्यास भएकाले केही काम भइरहेको भन्दै आएका छन् । उनीहरुले राजसंस्थाले नगरेको काम गणतन्त्रले गरेको दाबी गरे पनि के–के काम भयो भनेर प्रमाणित गर्न सकेका छैनन् । नेताहरुलाई भित्री रुपमा गणतन्त्र असहज भए पनि जनतामाझ भनें बोल्न सकिरहेका छैनन् । केही व्यक्ति र संघसंस्थाले आफूहरुले चाहने हो भनें गणतन्त्र फ्यालेर राजसंस्था ल्याइहाल्ने दाबी पनि गरेका छन् ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal