अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने

२०८० मंसिर १ गते, शुक्रबार

काठमाडौं । अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरूका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ ।

काठमाडौंस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ ।

उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निमाणमा सहयोग गर्नेछ ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भने, ुपश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दुछु । अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ ।ु

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’

२०८३ आश्विन १६ गते, शुक्रबार

भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न

२०८३ आश्विन १६ गते, शुक्रबार

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८३ आश्विन १२ गते, सोमबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना

२०८३ आश्विन १२ गते, सोमबार

देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध

२०८३ आश्विन १२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal